ट्रक पल्टँदा एक जनाको मृत्यु एक घाइते
नवलपरासी असोज २८ - पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीवास-५ घिउखोलामा गएराती भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
सिमेन्ट लिएर बुटवलबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख ३५८५ नम्बरको ट्रक पल्टँदा ट्रकका चालक ३५ वर्षका दीपक श्रेष्ठको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
रातको समयमा घुमाउरो बाटो भएका कारण ट्रकको पल्टेको हुन सक्ने प्रहरीको अनुमान छ । घाइते भएका सहचालकको स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
स्रोत :ऑनलाइन खबर
