|

प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

गोपाल प्रसाद वश्याल,पाल्पा, असोज २६ -शैक्षिक तालिम केन्द्र, पाल्पाको आयोजनामा शिक्षकको पेशागत विकास सम्बन्धी १२ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । पाल्पाका सबै स्रोत केन्द्रका कम्तीमा दुई जनाका दरले जम्मा ३९ जना रोष्टर प्रशिक्षक सहभागी यस कार्यक्रममा शैक्षिक तालिम केन्द्र पाल्पाका कार्यक्रम संयोजक रुद्र प्रसाद रेग्मी, तालिम संयोजक डम्बरध्वज बस्याल, प्रशिक्षकहरु गोपाल प्रसाद वश्याल र नारायण प्रसाद पोखरेलले टिपिडि तालिमको सैद्धान्तिक पक्ष, शिक्षकका आवश्यकता संकलन, प्रमाणीकरणको स्थलगत अभ्यास, आवश्यकताहरु विष्लेषण गरी तालिम प्याकेज विकास, तालिम सत्रको नमुना प्रस्तुति अभ्यास, तालिम कार्ययोजनाका बारेमा प्रयोगात्मक सहजीकरण गरेका थिए । सहभागी रोष्टर प्रशिक्षकहरुले मंसीरदेखि सञ्चालन हुने टिपिडि तालिममा सम्बन्धीत स्रोत केन्द्रमा सहजीकरण गर्नेछन् । प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा सहभागीलाई प्रमाण पत्र वितरण गर्दै पाल्पाका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले शिक्षकहरुमा ज्ञानको कमी नभए तापनि कक्षाकोठामा प्रयोग नभएकाले शैक्षिक नतीजा सन्तोषजनक नभएको बताए । उनले तालिम सीपको कार्यान्वयनमा जोड दिदै शिक्षकले शिक्षण डायरीको प्रयोग, कम्तीमा एक कक्षा एउटा शिक्षण सामग्रीको प्रयोग गर्ने र सम्बन्धीत तहको जिम्मेवारी पूरा गर्ने तर्फ हरेक शिक्षक लाग्नुपर्ने बताए । उनले हरेक स्रोत केन्द्रमा तीन वटा नमुना विद्यालय तयार गर्ने, र नतीजामुखी प्रोत्साहन प्रणाली र शैक्षिक महोतसव गर्ने योजना रहेको जानकारी गराए । शैक्षिक तालिम केन्द्र पाल्पाका कार्यक्रम संयोजक रुद्रप्रसाद रेग्मीको अध्यक्षतामा चलेको तालिम समापन कार्यक्रममा तालिम संयोजक डम्बरध्वज बस्याल, दिव्य ज्योति उमावि कसेनीका शिक्षक राम प्रसाद अर्याल, गंगाा उमावि खालिवनका प्राचार्य देवराज देवकोटाले तालिमको समीक्षा गरेका थिए । प्रशिक्षक गोपाल प्रसाद वश्यालको सञ्चालनमा समापन कार्यक्रम चलेको थियो ।

Posted by Butwalonline on 12:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न"

Leave a reply