साना पुँजी हुनेकालागि सहकारी आवश्यक
मुक्तिप्रसाद न्यौपाने,असोज २८, पाल्पा जिल्ला अदालत पाल्पाका माननीय न्यायाधीस हरिषचन्द्र ढुंगानाले सहकारीले साना पुँजी संकलन गरेर साहुको ऋण काढ्न नपर्ने गराएको बताएकाछन् । तानसेनमा श्रीनगर बहुउद्देश्य सहकारी संस्थाको १२ औं साधारणसभामा उनले यस्तो बताएका हुन् ।
ढुङ्गानाले गरीव, निमुखा जनतालाई सहकारीले एकत्रित गर्दै ठुला क्षेत्रमा लगानी गर्न सुझाव दिए । शहरमा भएपनि ग्रामिण भेगमा रहेकाले जस्तै साना पुँजीलाई संकलन गरेर वास्तविक सहकारीको मर्मअनुसार काम गरेको र न्यून आय भएकाहरुलाई पनि व्यापार व्यवसाय संचालन गर्नमा सहकारी सहयोगी बनेको बताए ।
सहकारीका प्रमुख सल्लाहाकार मेघराज शर्माले सरकारले सहकारीलाई गर्ने व्यवहारमा परिवर्तन हुनुपर्ने बताउदै सबै सहकारीलाई एउटै तहमा राख्न नहुने बताए । उनले सरकारले एउटै डालोमा सबै सहकारीलाई राख्ने र त्यस्तै व्यवहार गर्ने गरेकामा भने दु:ख व्यक्त गरे ।
सहकारीमा उत्कृष्ट बचतकर्ता बचततर्फ तानसेन, १० की मनरुपा भटराई, प्रकाश कुंवर, सावित्रा ढुंगानासाधारण सभाका अवसरमा पुरस्कृत गरिएको थियो । यस्तै उत्कृष्ट ऋणितर्फ कर्जा तर्फ लक्ष्मी राना, जानकी श्रेष्ठ, गणेश ज्ञवाली, पुतली शाक्य र सहकारीका कर्मचारीतर्फ तारा थापालाई पुरस्कृत गरिएको थियो ।
