अन्तरलायन्स सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधी पिस सिटिलाई
पोखरा,२८ असोज,पोखरामा सम्पन्न अन्तर लायन्स सेभेन ए साईड फुटवल प्रतियोगिता २०६९को उपाधी आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटिले उचालेको छ ।
आईतवार सम्पन्न खेलमा लायन्स क्लब अफ हेम्जालाई पिस सिटिले १०–० को विशाल गोल अन्तरले पराजीत गर्दे २५ हजार ५ सय ५५ नगद सहित ट्रफि र मेडल प्राप्त गर्यो भने उपविजेता टिम हेम्जाले १५ हजार ५ सय ५५ रुपयाा नगद सहित ट्रफि र मेडल हात पारेको छ । प्रतियोगिताको अनुशासीत टिमको उपाधी भने पोखराकै पुरानो क्लब पोखरा अन्नपूर्णले हात पार्यो ।
पोखराको वाराहि ढुङ्गाघाट खेल मैदानमा सम्पन्न फाईनल खेलमा आयोजक पिस सिटिको तर्फबाट बलराम केसीले ४,डा असिम सुवेदीले ३ ,दिवस कुावरले २ र शैलेस रायमाझीले १ गोलको योगदान गरेका थिए भने उप विजेता टिम हेम्जाको कुनै पनि गोल हुन सकेन । उक्त खेलमा म्यान अफ दि म्याच हेम्जाका सुजित श्रेष्ठ घोषिात भएका थिए ।
गत असोज २५ गतेदेखि २८ गते सम्म पोखराको वाराहि डुङ्गाघाट खेल मैदानमा सम्पन्न प्रतियोगिताको उत्कृष्ट खेलाडी लायन्स क्लब अफ पोखरा पिस चौतारीका अर्जुन सिग्देल,सर्वाधिक गोलकर्ता आयोजक पिस सिटिका बलराम केसी,उत्कृष्ट गोल रक्षक आयोजक क्लबकै समुन्द्र देवकोटा घोषित भए । खेल अवधीभर सर्वाधिक गोल कर्ता केसीले १४ गोल गरेका थिए ।
उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोल कर्ता खेडाडीले क्रमश : नगद २/२ हजार र मेडल र अनुशासीत टिमले ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा कास्की जिल्ला भित्र रहेका २१ वटा लायन्स क्लबहरुले भाग लिएका थिए । विजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल ३२५ वि २००५/०६ का गर्भनर लायन योगेन्द्र प्रधानले पुस्कार वितरण गर्नुभएको थियो । समापन समारोहमा बोल्दै प्रमुख अतिथि प्रधानले नेपालमै पहिलो पटक पोखरामा सम्पन्न अन्तर लायन्स सेभेन ए साईड फुटवल प्रतियोगिताले लायनहरुबीचमा आपसी भाईचाराको सम्बन्ध विकास भएको धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै लायन्स क्लब अफ ३२५ वि वान नेपालका सिनियर डिष्ट्रिक एभाईजर धुव्रबहादुर थापाले लायन्स क्लव अफ पोखरा पिस सिटिले स्थापनाको छोटो समयमै रचनात्मक काम गरेको वताउादै यस्ता कृयाकलापहरुले सम्पूर्ण लायनहरुलाई गौरब बढाएको वताउनुभयो ।
लायोजक पिस पिसिका अध्यक्ष लायन सुदिपराज ढुङ्गानाको अध्यक्षतामा सम्पन्न प्रतियोगिता समापन समारोहमा, शसस्त्र प्रहरी वल कालीका गण पोखराका गणपति प्रहरी उपरिक्षक शम्भु उप्रेती,मुक्तिनाथ वाहिनी पोखराका उपरिक्षक रविन्द्र मल्ल,लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष सुरेश श्रेष्ठ,सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष पम्फा पहारी,आयोजक पिस सिटिका प्रथम उपाध्यक्ष प्रशान्तराज धमला,दिद्धिय उपाध्यक्ष खेम काफ्ले,सचिव बद्रिनाथ पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
