|

मलेसियामा एक नेपालीद्वारा झुण्डिएर आत्महत्या


क्वालालम्पुर । मलेसियामा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन । मोरङको डाँगिहाट ४ वाहुने घर भएका २० वर्षका प्रेम वहादुर वस्नेतले शनिवार विहान झुण्डिएर आत्महत्या गरेका हुन ।

छ महिना अघिमात्रै काठमाण्डौमा रहेको विराट ओभरसिजवाट मुहारको ग्रिसिक भन्ने ठाँउमा इनस्टालिङ सोफा कम्पनीमा रोजगारीको लागि उनी आएका थिए ।

शनिवार विहान साथीभाईले काम गर्न आउदा म केहि समय पछि आउछु भनेर भनेका प्रेमले साथीभाईहरु कम्पनीमा गएको मौका छोपेर आत्महत्या गरेका हुन ।केहि दिन देखि उनी केहि खिन्न अवस्थामा रहने गरेको साथीहरुले बताएका छन । साथीहरुले के भएको छ भनेर सोध्दा ‘जे भएको छ मलाई मात्रै थाहा छ,’ भन्ने जस्तो उत्तर दिने गरेको साथीहरु वताउछन ।

मृतकको शवलाई पोस्टमार्टमको लागि नजिकैको अस्पतालमा राखिएको छ भने शवलाई नेपालपठाउने तयारी भैरहेको जनक चौलागाईले जानकारी दिएका छन् ।
स्रोत :ऑनलाइन खबर 

Posted by Butwalonline on 7:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मलेसियामा एक नेपालीद्वारा झुण्डिएर आत्महत्या"

Leave a reply