|

रञ्जन सागर स्मृति कपमा आज भएको खेलमा सिम्रिकाको जित

बाबुराम गैरे,कार्तिक १४, बुटबल । बुटबलमा जारि रञ्जन सागर स्मृति नकआउट फुटबल प्रतियोगिताअन्र्तगत आज भएको खेलमा  सिम्रिक युबा क्लब कालिकानगर विजयी भएको छ । सिम्रिक क्लबले माउन्ट स्टार युबा क्लब नहरपुरलाई ५–० गोल अन्तरले पराजित गरेको हो । आजको खेलमा सिम्रिकका सरोज गलामिले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेका छन ।

फिफा टेक्निकल सेन्टर बुटवलमा आज मंगलबार भएको खेलमा गलामिले पहिलो हाफको  २४औ र ३६औा साथै दाश्रो हाफको ३३औ मिनेटमा गोल गरेका हुन । प्रतियोगितामा सिम्रिकका लागि कृष्ण शारुले दाश्रो हाफको १५ औ मिनेटमा गोल गरे भने अर्कौ गोल पुर्ण रानाले दोश्रो हाफको २५ औ मिनेटमा गरेका थिए ।उक्त खेलको म्यान अफ द म्याच माउन्ट स्टार क्लबका रक्षा गुरुङ घोषित भएका छन ।

प्रतियोगिता अन्र्तगत भोलि बुधबार न्यु श्रिर्जन युबा क्लब र झरना युबा क्लबका बिच हुने खेल संयोजक नगेन्द्र कार्कीले जानकारी दिनुभयो ।एन्फा एकेडेमि बुटबल र सुनौलो संगम युबा क्लबको संयुक्त आयोजनामा संचालित प्रतियोगितामा रुपन्देहिका १६ बटा क्लबहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेताले नगद २० हजार तथा उपबिजेताले १० हजार प्राप्त गर्ने आयोजकले जनाएका छन । बुटबलबाट काठमाण्डौ जादै गर्दा सडक दुर्घटनामा परि निधन भएका एन्फा एकेडेमिका खेलाडि रञ्जन थापा र सागर परियारको सम्झनामा प्रतियोगिता भएको हो ।

Posted by Butwalonline on 6:38 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रञ्जन सागर स्मृति कपमा आज भएको खेलमा सिम्रिकाको जित"

Leave a reply