|

प्रचण्ड थैवका हत्यारालाई सर्बस्व सहित आजिवन काराबासको सजाय

लक्ष्म्ण पोखरेल,बुटवल,असोज २३ - एमाले निकट युवा संघका तत्कालिन जिल्ला सदस्य प्रचण्ड थैवका हत्यारा सुजित बिकलाई सर्बस्व सहित आजिवन काराबासको सजाय सुनाइएको छ । रुपन्देही जिल्ला अदालतले सुजितलाई हत्याको दोषि ठहर गर्दै सर्बस्व सहित आजिबन काराबासको सजाय सहितको फैसाला मंगलबार गरेको छ । जिल्ला न्यायाधिस वालेन्द्र रुपाखेतीको एकल इजलासले सो फैसाला गरेको हो ।

२०६५ साल चैत १३ गते राति बुटवलको हिलपार्क जाने पुल नजिकै प्रचण्डकको गोली हानी हत्या भएको थियो । हत्यामा संलग्न भएको भन्दै प्रचण्डका बुवा अम्बिका थैवले तत्कालीन माओबादीको भातृ संगठन वाइसिएलका जिल्ला अध्यक्ष रहेका सुजित बिरुद्ध मुद्दा दायर गरेका थिए । झण्डै ४ वर्ष पछि पडितले न्याय पाएका छन् ।

घटनामा संलग्न भनिएका अभियुक्त हरिनारायण पन्थ फरार भएकाले अदालतले मुद्दा बिरोध गरेको छ । हत्यारा सुजितलाई लुकाएको आरोप लगाइएका लेखनाथ न्यौपाने र लोकबहादुर गुरुङलाइ २०/२० रुपैया जरिवाना तोकिएको छ । त्यस्तै अदालतले सुजितलाई हतियार सप्लाई गरेको आरोप लगाइएका मनबहादुर पुनको आरोप प्रमाणित नभएपछि सफाई दिएको छ ।

मुद्दामा मृतकका बुवा अम्बिका थैवको पक्षबाट अधिवक्ता कुलानन्द ज्ञवालीले बहस गरेका थिए । वादीको पक्षबाट सरकारी वकिलहरु मोहन सागर बस्याल र गोबिन्द प्रसाद उपाध्यायले बहस गरेका थिए । त्यस्तै प्रतिवादीको पक्षबाट लय भट्टराई, पशुपति भण्डारी, सुर्य अधिकारी लगायतका अधिबक्ताले वहस गरेका थिए ।

अपराधी सुजित अहिले जिल्ला काराकारमा रहेका छन् । ०६५ सालमा प्रचण्डको हत्य भएपछि बुटवल ५ दिनसम्म तनावग्रस्त भएको थियो । सो घटनाका कारण बुटवलमा ३ दिन कफ्र्यु लागेको थियो भने माओबादीका कार्यालयहरु जलाइएका थिए । सुजित पटकपटक पक्राउ पर्दै उम्किदै आएका थिए । आफ्नो छोराको हत्याराले आजिवन सजाय पाएको खवरले थैव परिवारमा खुसी छाएको छ ।

Posted by Butwalonline on 8:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " प्रचण्ड थैवका हत्यारालाई सर्बस्व सहित आजिवन काराबासको सजाय"

Leave a reply