|

संबिधानसभा पुर्नस्थापना उपयुक्त बिकल्प :बिष्ट


बुटवल असोज २३ - नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री गोकर्ण बिष्टले बर्तमान राजनैतिक निकासका लागि संबिधानसभा पुर्नस्थापना उपयुक्त बिकल्प भएको बताउनुभएको छ ।राजनैतिक निकासका लागि दलहरु बिच बिभिन्न छलफल चलिरेहेका बेला एमाले युवा नेता बिष्टले संबिधान सभा पुर्नस्थापना कम जोखिम र सरल बाटो भएको बताउनुभएको हो । युवा संघ नेपाल रुपन्देहीद्वारा आयोजित पाटी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै बिष्टले संबिधान संसोधन गरेर संबिधानसभाको चुनाव हुन नसक्ने भन्दै संबिधान संसोधनको कुनै अर्थ नरहने स्पस्ट पार्नुभयो ।

एमाओबादीले देशमा कुशासन चलाएको आरोप समेत लषउनुभयो । उहाले गणतन्त्रको उपलब्धिलाई गमलामा रोपेर माओबादीले नेपाली जनतामाथि घात गरेकाले अब त्यसको बिरुद्धमा युवाहरु जाग्नुपर्ने बताउनुभयो ।

देशमा जनताले जे चाहेका थिएनन् त्यहि भैरहेको भन्दै बिष्टले माओबादीकै कारण देशमा जातिय युद्ध हुने खतरा बढेको जिकिर गर्नुभयो । एमालेका केन्द्रिय सदस्य समेत रहेका बिष्टले पार्टीमा बिद्रोह गरेका तात्कालित एमाले उपाध्यक्ष अशोक राईहरु अन्तत पछुताई एमालेमै फर्कने तर्क गर्नुभयो । युवा संघ नेपाल रुपन्देहीकी अध्यक्ष सरिता श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा अञ्चल सचिब खिमलाल भट्टराईले युवा संघका कारण एमाले अझ बलियो भएको बताउनुभयो ।प्रतिनिधि परिषदका केन्द्रिय सदस्य भोज प्रसाद श्रेष्ठले युवाको काधमा जिम्मेबारी आएको बताउनुभयो । कार्यक्रममा एमाले जिल्ला अधयक्ष लिला गिरी,युवा संघका केन्द्रिय सचिबालय सदस्य राजु गुरुङ,नकुल शाही लगायतले बोलेका थिए । कार्यक्रममा एमालेमा प्रबेश गर्नेहरुमा तरुण दलका दिनेश तुलाधर,एमाओबादीका  अमिक भट्टचन,कराते खेलाडी नारायण ढकाल लगायत साढे ३ सय रहेको युवा संघले जनाएको छ ।

Posted by Butwalonline on 8:15 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संबिधानसभा पुर्नस्थापना उपयुक्त बिकल्प :बिष्ट"

Leave a reply