नेपाल र भारत बीचका जलस्रोत सम्झौताहरु नेपालको हितमा बनाउन सरोकारवालाहरुको माग
लक्ष्मण पोखरेल,बुटवल । नेपाल र भारत बीच भएका जलस्रोत सम्बन्धी सम्झौताहरु नेपालको हितमा बनाउन सरोकारवालाहरुले माग गरेका छन् । असमान सम्झाौताको कारण नेपाली जलबाट नेपाली नै बिमुख भएको उनीहरुले बताए ।
कोशी, गण्डकी तथा महाकाली जल अधिकार अभियानका अगुवाहरुले नेपालको पानीको अबमुल्यन भएको बताए । बुटवलमा सोमबार र मंगलबार भएको राष्ट्रिय कार्याशालाबाट जलस्रोतलाई दुरुपयोग गरिएको निष्कर्ष उनीहरुले निकालेका छन् । कार्याशाला पछि आज आयोजित पत्रकार सम्मेलनमा जलस्रोत बिद तथा प्राध्यापक डा. गोपाल चिन्तन सिवाकोटीले नेपालको पानीको दुरुपयोग भएको बताए । भारतले नेपालको पानीमा आफ्नो अनिधत्व देखाउदा समेत नेपालका दलहरु चुपचाप बसेको उनले बताए ।
अन्तरराष्ट्रिय सम्झौता अनुरुप नेपालको भारतमा जाने पानीमा पनि मैयानी हक हुनुपर्ने अभियानकर्ताहरुको माग थियो । कोशी, गण्डक तथा महाकाली नदीबाट सम्झौता अनुरुप पानी बितरण नगरिएकाले सम्झौता असमान भएको डा. चिन्तनको भनाई थियो ।
बुटवल घोषणा पत्र जारी गरेका अभियानकर्ताले बिभिन्न मागहरु राखेका छन् । गण्डकमा नदी, नहर र बराजको संरचनाको कारण भएको डुवान र कटान नियन्त्रणका लागि थप संरचना तथा मर्मत सम्भार गर्नुपर्ने माग गरिएको छ । भारतीय पक्षबाट निर्मित संरचनाका कारण भएको क्षतिको क्षतिपूर्ति दिने सहमति कार्यान्वयन हुनुपर्ने, असमान गण्डक सम्झौता पुनराबलोकन गरी नया सन्धी गर्नुपर्ने माग गरिएको गण्डक जल अभियानकर्ता कूलदीप आचार्यले बताए । महाकाली सम्झौता राष्ट्रको हित बिपरीत भएकाले आपसी हितमा हुनेगरी पुनराबलोकन गर्न पनि कार्यशालाले माग गरेको छ । घोषणा पत्रमा महाकाली क्षेत्रमा देखिएको सिमा बिबाद, नेपाललाई पानी उपलब्ध गराउन निर्माण गरिने भनिएको बाध निर्माण, महेन्द्रनगर ब्रह्मदेव लिंकरोड निर्माणको काम यथासिघ्र बनाउन माग गरिएको छ ।
सप्त कोशी जलअधिकार मञ्चका बलबहादुर राईले नदीहरुको दीर्घकालिन बिकासका लागि जन आयोग गठन गर्नु पर्ने, सप्तकोशी क्षेत्रको विकासका लागि एकीकृत सप्तकोशी सभ्यता विकास गुरु योजना तयार गरी लागू गरिनुपर्ने माग राखे । कोशी सम्झौता पूनराबलोकन गरी नेपालको हितमा हुनुपर्ने माग पनि बुटवल घोषणापत्रमा उल्येख गरिएको छ ।
जल सरोकारसम्बन्धी मुद्धा सबै नेपालीहरुको भएकाले त्यसमा सबै लान्गुपर्ने जलअभियानकर्ताले बताएका छन् । कार्याशालामा बिभिन्न क्षेत्रका सलसरोकारवालहरुको सहभागिता थियो ।