२५ जनाको क्षमता भएको जिर्ण र सांघुरो कारागारमा १२८ जना कैदी
कृष्ण आचार्य,सुर्खेत असोज २३-२५ जना क्षमता भएको जिल्ला कारागार सुर्खेतमा कोचाकोच हुनेगरी झन्डै ६ गुना बढी कैदी/बन्दी राखीएका छन् । जिर्ण र सांघुरो कारागारमा अहील ११४ पुरुस र १४ महीला गरी १२८ बन्दी राखीएके छ । उच्च संङख्यामा बन्दी राखीएकोले बन्दीहरुलाइ निकै समस्या परेको छ ।
जेलर लाल बहादुर खत्रीका अनुसार दुइ बर्षमा निर्माण गर्ने भनिएको भबन तिन बर्ष सम्म पनि सम्पन्न नहुदा कैदी/बन्दीहरुलाइ सकस भएको हो । कारागारमा कोचाकोच भएपनि पठाइएका बन्दीहरु राख्नुपर्ने बाध्यता भएको जेलर खत्रीले भन्नुभयो । २०३० सालमा निर्माण भएको कारागारमा बन्दीको क्षमता नथपीए पनि सुर्खेत घर भएका तर अन्य जिल्लाको कारागार का रहेका बन्दीहरुलाइ पठाउने क्रम भने रोकीएको छैन । धेरै संङख्यामा भएकोले सुत्न र सौचालय जान समेत समस्या हुने गरेको एक चौकीदारले बताए ।
कारागारमा ३ वटा सौचालय छन,सौचालय जानकोलागी लाइन लाग्नुपरेको बन्दीहरुको गुनासो छ । कारागारमा हाल कर्तब्यज्यानका ५९,जबरजस्तीकरणीका २२,चोरीका ७,लागुऔसत कारेबारका १७,चेलीबेटी बेचबीखन मा ३,मानब ओसारपसारमा ४,हातहतीयार खरखजनामा ३ ,ज्यान मार्ने उद्योगमा २,अपहरण तथा शरीर बन्धक मा ६ जना,सवारी ज्यानमा ३ जना,अप्राकृतीक मैथुन मा १ जना बहुबिवाहमा ३ र जबरजस्तीकरणी उद्योग मा १ सहीत १२८ कैदी /बन्दी छन् । कारागारमा ६८ जना पुरुष र ७ जना महीला सहीत ७५ कैदी र ५३ जना पुर्पक्षका लागी थुनामा राखीएको छ ।
