युवाका मुद्धालाई सामुहिकरुपमा उठानगर्न रुपन्देहीका विद्यार्थी संगठनहरु सहमत
वुटवल । असौज २३-युवाका मुद्धालाई सामुहिक रुपमा उठान गर्न रुपन्देहीमा कृयासील युवा तथा विद्यार्थी संगठनहरु सहमत भएका छन । उनीहरुले युवाका मुद्धाको उठान सामुहीक रुपले गर्ने र आन्दोलनलाई सान्तिपुर्ण ढंगवाट परिचालनगर्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।
एलाइन्स फर पिस को सहयोगमा चादनी नेपालले आज वुटवलमा आयोजना गरेको अन्र्तकृया कार्यक्रममा प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै युवा तथा विद्यार्थी नेताहरुले साझा एजेण्डाको संवोधनका लागी फरक फरक वाटो आवश्यक नभएको उल्लेख गरे ।
युवाका शैक्षिक , भौतीक ,वरोजगारी लगाएतका मुद्धा अहम र गतिशिल रहेको वताउदै मातृ पार्टि सत्तामा पुग्दा वित्तिकै आन्दोलन वाट विचलित हुन नहुने युवा नेताहरुको जोड थियो ।
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय सदस्य चिरञ्जीवी जोशी , माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कल्पना भाट , अनेरास्ववियुका जिल्ला अध्यक्ष सरोज पोखरेल ,अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रकास अधिकारी , नेपाल विद्यार्थी संघका कार्यवाहक अध्यक्ष लोकनाथ अधिकारी , तराइ मधेस युवा फ्रण्टका जिल्ला सदस्य रुपकुमार सर्मा , तराई मधेस विद्यार्थी फ्रण्ट का क्षेत्रिय अध्यक्ष रामकिसुन नायक , नेपाल विद्यार्थी संघका लुम्विनी वाणिज्य क्याम्पस इकाई सभापति टंक पाण्डे ले फरक विचार भए पनि सामुहिक एजेण्डामा सामुहीक आवाज उठाउनु पर्ने वताउनु भएको थियो । चाादनी नेपालका अध्यक्ष भवानीप्रसाद पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न विचार संगठनका २ दर्जन वढि युवा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।