|

राममणि वहुमुखी क्याम्पसमा विद्यार्थीद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी


लक्ष्मण पोखरेल,बुटवल, २३ असोज ।  रुपन्देहीको मणिग्रामस्थित राममणि वहुमुखी क्याम्पसमा भर्ना तथा मासिक शुल्क वृद्धि खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका विभिन्न विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

शुल्क बृद्धिको खारेजीको माग  गर्दै सोमबार क्याम्पस प्रशासन समक्ष ज्ञापनपत्र बुझाएका विद्यार्थी संगठनहरुले मंगलबार क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । क्याम्पसले स्नातक तहको भर्ना शुल्क चार हजार  दुई सय रुपैयांबाट बढाएर पांच हजार २ सय बनाएको थियो । विद्यार्थी संगठनहरुले बढाएको शुल्क फिर्ता नगरे लेखा शाखामा पनि अनिश्चितकालिन तालाबन्दी गर्ने बताएका छन् । क्याम्पसमा कोणसभा गरी विद्यार्थी संगठनहरुले विनाकारण बढाइएको शुल्क फिर्ता नगरे थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने जनाएका छन् ।

Posted by Butwalonline on 7:28 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राममणि वहुमुखी क्याम्पसमा विद्यार्थीद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी"

Leave a reply