|

मगर संघ युएईको वार्षिक सम्मेलन सम्पन्न


युएई डेस्क गिता मणि पाण्डे-अक्टुवर ५ तारिकका दिन मगर सघ युएईको ऐतिहासिक सातौं सम्मेलन सघका अध्यक्ष नुनप्रसाद सोमै मगरको सभापतित्वमा  सघका सल्लाहकार भुतपुर्व अध्यक्ष तथा जनजाति महासघ युएईका अध्यक्ष गिरमान थापा मगरको प्रमुख आतिथ्यमा ७ वटा दिप प्रज्वलन गरेर सम्मेलनको सम्युक्त रुपमा उद्घघाटन गरेका थिए लगत्तै सघका उपाध्यक्ष हस्तराज दर्लामी मगरको स्वागत मन्तव्यवाट शुरु भएको थियो सघका केन्द्रिय सचिव सातौं सम्मेलनका संयोजक ललितमान राना मगरले संचालन गरेका थिए र नेपालको मगरहरुको पृष्ठ भुमिको वारेमा पनि पढेर सुनाएका थिए ।

सम्मेलनलाई सम्वोधन गर्दै प्रमुख अतिथी थापाले सम्पुर्ण मगरहरुलाई सघ भित्र आवद्ध हुन अनुरोध गर्दै आफुले पनि सघलाई वुद्धिविवेक क्षमताले भ्याए सम्म सहयोग गरिरहने प्रतिवद्धता जाहेर गर्नु भएको थियो यसै गरि सघका महासचिव भरतराना मगरले सांगठनिक प्रतिवेदन  पढेर सुनाईएको थियो साथै वाहाले मगर सघले चलाएको राहतकोषको वारेमा स्पष्ट धारणा राख्दै सवै मगर दाजु भाई तथा दिदी वहिनीहरु लाई राहत कोषको फारम भरि सहयोग गर्नु गराउन अनुरोध गरेका थिए यसै गरि प्रशिक्षण विभाग प्रमुख राजु सिंजालीले मगरहरुलाई वढि भन्दा वढि प्रसिक्षीत गर्नु पर्ने मा जोड दिएका थिए । सघका प्रवक्ता खुम आले मगरले युएईमा मगरहरुको अवस्था तथा भावि कार्यनितीको वारेमा आफनो धारणा राख्दै विद्दमान हाम्रो मगर समुदायमा विकृति विसंगति मौलाएको जिकीर गर्दै सचेत मगरहरुलाई त्यसका विरुद्ध लडदै अगाडी वढ्न आवश्यक रहेको वताए अन्य अतिथीहरु भुवन राई र महेश मोक्तान ले पनि आ–आफनो धारणा तथा शुभकामना मन्तव्य दिएका थिए ।
 
साथै कार्यक्रमलाई रोचक वनाउन विच विचमा युएईका ख्याति प्राप्त मगर कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने कलाकारहरु र मगर सघलाई तनमन धनले सहयोग गर्नु हुनेलाई सम्मान पत्र तथा दोसल्ला ओढाई सभापति र प्रमुख अतिथीले सम्मान गरेका थिए । सम्मेलनमा सवै क्षेत्रका प्रतिनिधी पर्यवेक्षक लगायत शुभचिन्तक हरुको उपस्थिती थियो प्रत्येक क्षेत्रका अध्यक्षहरुले क्षेत्रको प्रतिवेदन पढेर सुनाएका थिए अन्तमा सम्मेलनका सभापतिले अव हामिहरु लखन थापा स्मृती भलिवल प्रतियोगिता तथा ३१ औं मगर दिवश सफल वनाउन जोडतोडका साथ लागि परेका छौा सवै कार्यकर्ता शुभचिन्तकहरु लाई आ–आफनो क्षेत्रवाट सहयोगको अपेक्षा राख्दै युएईका मगरहरुलाई सघको छानो मुनि गोलवन्द हुन आग्रह गर्दै महत्वपुर्ण एजेन्डाहरु माथि छलफल गर्दै सम्मेलन सफलतापुर्वक सम्पन्न भएको जानकारि गराउदै सभा विर्सजन गरिएको थियो । उक्त कुराको जानकारि सघका प्रवक्ता खुम आले ले गराएका थिए

Posted by Butwalonline on 10:40 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मगर संघ युएईको वार्षिक सम्मेलन सम्पन्न "

Leave a reply