क्रियाशिल पत्रकार डोटेल सम्मानित
स्याङ्जा, २५, असोज ।जिल्ला बिकास समिति स्याङ्जाले आर्थिक वर्ष२०६८/०६९ मा खानेपानी तथा सरसफाई सम्बन्धित चेतना मुलक समाचार लेखेको भन्दै न्यूज ट्वान्टी फोर टीभी तथा कारोबार दैनिकका स्याङ्जा सम्बाददाता प्रकाश डोटेललाई सम्मानित गरेको छ ।पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना मार्फ भएका खानेपानी, सरसफाइ तथा स्वास्थ्यको क्षेत्रमा प्रचार प्रसारमा महत्वपर्ुण्ा योगदान पुर्याएको भन्दै सम्मान पत्र सहित सम्मान गरेको हो । सो क्षेत्रमा कमल चलाएको भन्दै जिबिसले पहिलो पटक सम्मान गरेको हो ।
सम्मानित हुने पत्रकार डोटेललाई स्थानीय विकास अधिकारी नरहरि बराल र जिल्लार् इन्जिनियर अमृत श्रेष्ठद्धारा संयुक्त रुपमा नगद पा“च हजार र सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
सरकारले मुलुकलाई सन् २०१७ भित्र खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिए अनुसारको अभियानमा जिल्ला बिकास समितिले सेतीदोबान गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गरिएको छ । सोहि अवसर पारेर पत्रकार प्रकाश डोटेल र अर्जुन काफ्ले सम्मानित भएका थिए ।
कार्यक्रममा स्थानिय बिकास अधिकारी नरहरी बरालले सरसफाई मानिसको लागि अति आवश्यक भएकाले सरसफाइमा लाग्न सबैलाई आग्रह गरे । त्यस्तै प्रमुख जिल्ला इन्जिनियर अमृत श्रेष्ठले पर्ुण्ा आनिबानी परिवर्तन गर्न नसकेमा खुला दिशा मुक्त घोषणको औचित्य नहुने बताए ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर अर्जुन न्यौपाने, जिल्ला बिकास समितिका लेखा अधिकृत अग्नि प्रसाद भण्डारी, नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष भुवनबहादुर क्षेत्री, एकिकृत नेकपा माओबादीका प्रतिनिधी कृष्ण पौडेल, नेपाली का“ग्रेसका प्रतिनिधी थमनबहादुर बोगटी, नेकपा एमालेका प्रतिनीधी राजेन्द्र केसी, प्रमुख प्रशिक्षक युवराज मरासिनी, पद्युम्न पनेरु उच्च माबी ब्यवस्थापन समिति अध्यक्ष शर्मिला पौडेल लगायतले बोलेका थिए ।
सात सय ६४ घरधुरी रहेको सेतिदोभानमा ६ सय ८९ पक्की र ७५ कच्ची चर्पी बनाइसकेपछि गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको हो । स्याङजालाई सन् २०१३ भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने योजना अनुसार सेतिदोबानलाई ३७ औं खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको हो ।
