|

पोखरामा अन्तर लायन्स सेभेन ए साईड फुटवल जारी,६वटा क्लब क्वाटरफाईनलमा प्रवेश


उत्तम पण्डित,२६ असोज,पोखरा-नेपालमै पहिलो पटक पोखरामा अन्तर लायन्स क्लब सेभेन ए साईड फुटबल प्रतियोगिता जारी रहेको छ । आज विहान ८ बजेदेखि जारी रहेको खेलमा अहिले सम्म ६वटा क्लब क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

पोखराको वाराहि डुङ्गाघाट खेल मैदानमा जारी खेलमा आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटि,लायन्स क्लब अफ पोखरा चौतारी विन्दवासी,लायन्स क्लब अफ पोखरा सुन्दर नगरी ,लायन्स क्लब अफ पोखरा ग्लोकवल लेक सिटि,लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे र लायन्स क्लब अफ पोखरा पिस चौतारी क्वाटर फाईनलमा प्रवेश गरेका हुन् ।
अहिले लायन्स क्लब अफ हेम्जा र लायन्स क्लब अफ पोखरा अन्नपूर्णबीचमा खेल जाी रहेको छ । आजै लायन्स क्लब अफ पोखरा फिस्टेल सिटि र लायन्स क्लब अफ पञ्चासे चौतारीबीच असन्तम खेल हुादैछ ।
आज विहान भएको पहिलो खेलमा आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटिले लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीलाई १०–० गोल अन्तरले पराजीत गरि क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

पिस सिटिका जीतकोलागि बलराम केसीले ४,डा असिम सुवेदीले २,सुवास विक्रम राणाले २,दिवस कुावरले १ र प्रमोद ओझाले १ गोल गरेका थिए । सो खेलको म्यान अफ दि म्याच गोल्डेन चौतारीका विशाल खड्का घोषित हुनुभयो ।
त्यसैगरी आजै विहान भएको दोश्रो खेलमा लायन्स क्लब अफ पोखरा चौतारी विन्दवासीनीले लायन्स क्लब अफ पोखरा आागनलाई १ का बिरुद्ध ३ गोल  गर्दे क्वाटर फाईनलमा प्रवेश गर्‍यो । विन्दवासीनी चौतारीको जितकोलागि मदन थापाले १ र दिपक गौतमले २ गोलको योगदान दिएका थिए भने आागनको तर्फबाट मदन मुल्मीले सान्तोना १ गोल गर्नुभयो । दोश्रो खेलको म्यान अफ दि म्याच भने आागनका दिपक गौतम हुनुभयो ।

प्रतियोगिता अन्र्तगत सम्पन्न तेश्रो खेलमा लायन्स क्लब अफ पोखरा सुन्दर नगरीले लायन्स क्लब अफ पोखरा सेन्ट्रललाई ८–० गोल अन्तरले पराजीत गरी क्वाटर फाईनलमा उक्लिएको छ । सुन्दर नगरीको जितकोलागि राजन श्रेष्ठले २,गोकुल सापकोटाले १,विनोद परियारले ४ र सुरज थापाले १ ले गोलको योगदान दिएका थिए । सो खेलमा सेन्ट्रलका गोल रक्षक बरिष्ठ लोक तथा दोहोरी गायक म्यान अफ पद म्याच घोषित हुुनुभयो ।

त्यसैगरी चौाथो खेलमा विजयी हुादै लायन्स क्लब अफ पोखरा गोल्डेन लेकसिटि क्वाटर फाईनलमा प्रवेश गर्‍यो । गोल्डेन सिटिले लायन्स क्लब अफ पोखरा पिएन क्याम्पसलाई पाखा लागाउादै क्वाटर फाईनल चरणमा प्रवेश गरेको हो ।
पााचौ खेलमा लायन्स क्लब अफ पोखरा मुनालमाथी ट्राईब्रेकरमा ६ का बिरुद्ध ७ गोलले विजयी हुादै लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे क्वाटर फाईनलमा प्रवेश गर्‍यो । माछापच्छ्रे र मुनालबीचमा सम्पन्न खेलमा माछापुच्छेको मन क्षेत्रि १ र मुनालको लक्षमीनारायण आचार्यले १/१ गोल गरेपछि खेल ट्राईब्रेकरमा पुगेको हो । सो खेलमा माछापुच्छ्रेका गोल रक्षक सूर्यप्रसाद शार्म म्यान अफ पद म्यान हुुनुभयो ।  

प्रतियोगिताको छैठौा खेलमा लायन्स क्लब अफ पोखरा पिस चौतारी विजयी हुादै क्वाटर फाईनलमा प्रवेश गरेको छ । लायन्स क्लब अफ पोखरा पिस चौतारी र लायन्स क्लब अफ पोखरा सृजना चौतारीबीच सम्पन्न खेलमा जीत हाासील गर्दे माथिल्लो चरणमा पुगेको हो  पिस चौतारीकोलागि अर्नुन सिग्देल २ विनायक रञ्जीतले  १ गोलको योगदान दिएका थिए । सो खेलमा पिस चौतारीका अर्जुन सिग्देल म्यान अफ दि म्याच घोषीत हुनुभयो ।

प्रतियोगिता अन्तरगत भोलीको पहिलो खेल विहान ७ वजेदेखि सुरु हुने प्रचार–प्रसार उप सििमतका सदस्य लायन टंक अधिकारीले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 12:56 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखरामा अन्तर लायन्स सेभेन ए साईड फुटवल जारी,६वटा क्लब क्वाटरफाईनलमा प्रवेश"

Leave a reply