गजल
अर्को साल आउछु भनि, पोहोर पनि ढांटे मैले
कति रुने परदेशमा, चाडपर्व आउदा खेरि
यो पाली त जान्छु भनि, आत्मै देखि आँटे मैले
सधै काममा ब्यस्त हुँदा, लामो भाथ्यो कपाल पनि
चिन्दैनन् कि घरमा भनि, छोटो पारी छांटे मैल
मेहनत गरि कमाएको, थोरै धेरै पैसा पनि
किनमेल गरि बचेको चाहिँ, डलरमा सांटे मैले
पर्खी बस्नु साथीभाईले,बाटो हेर्नु आफन्तले
यसपाली त स्वदेश फिर्ने,आजै टिकट कांटे मैले
बिष्णुकुमार गिरी, जापान
