|

गज़ल


दशैं आए पनि आँशु गिराएरै आयो |
**************
दशैं आए पनि आँशु गिराएरै आयो |
छिया छिया पारी मुटु चिराएरै आयो |


तयारीमा लागेहोलान् आफन्त र साथी |
आफूलाई त दलदलेमा छिराएरै आयो |

दिमागमा घुमिराखने जमरा र टीका |
सम्झनाको चर्कोमूल्य तिराएरै आयो |

ओझेलमा पारी सबै सुख,शान्ति,चैन |
दुखै दु:खको भवसागर भिराएरै आयो |

कोही रुने वारितिर कोही रुन्छन पारि |
आफ्नू भन्ने जतिलाई पिराएरै आयो |

गजलकार :कोमल भट्ट ,काठमाडौँ
हाल :- न्युयोर्क,अमेरिका

Posted by Butwalonline on 7:50 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गज़ल"

Leave a reply