|

कास्की जिल्ला तेक्वान्दो सङ्घको दोस्रो साधारणसभा सम्पन्न


पोखरा, २६ असोज।  कास्की जिल्ला तेक्वान्दो सङ्घको दोस्रो साधारणसभा शुक्रबार पोखरामा सम्पन्न भयो। साधारण सभाको उद्घाटन गर्दै सङ्घका अध्यक्ष जगनबहादुर गुरुङले सबैको सहयोगले तेक्वान्दो खेल विस्तार हुादै गइरहेको र आगामी दिनमा उत्कृष्ट खेलाडी उत्पादन गर्नेमा सङ्घ दत्तचित्त भएर लागिपरेको बताए।

उनले जिल्ला तहदेखि क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्मका खेलाडी उत्पादन गर्ने उद्देश्यले यही असोज १ गतेदेखि पोखरा र·शालामा सङ्घकै प्रत्यक्ष रेखदेख र व्यवस्थापनमा कास्की जिल्ला तेक्वान्दो प्रशिक्षण केन्द्र गठन गरी नियमित प्रशिक्षण सञ्चालन गरेको जानकारी दिए।

अध्यक्ष गुरुङले तेक्वान्दो खेलको विकास र विस्तार गर्नको लागि आगामी दुई वर्षभित्रमा पोखरा र·शालामा तालिम हल निर्माण गरिने बताए।

विजयादशमी तथा शुभदीपावलीकोअवसरमा शुभकामना आदान प्रदान पनि गरिएको सो अवसरमा सङ्घका सचिव प्रेमनारायण न्यौपानेले प्रगति प्रतिवदेन, कोषाध्यक्ष ललितबहादुर धामीले आर्थिक प्रतिवेदन र अध्यक्ष जगनबहादुर गुरुङले भावी कार्यक्रम प्रस्तुत गरेका थिए।

साधारणसभाले तालिम हल निर्माण सहयोगार्थ आगामी तिहार देउसीभैलो खेल्ने, खेलाडी, डोजाङ प्रमुखलाई परिचय पत्र वितरण गर्ने तथा तेक्वान्दो खेलको परिचयसहितको पुस्तिका प्रकाशन गर्ने तथा संस्थाको वेवसाइट सञ्चालन गर्ने निर्णय गरेको छ।

सोही अवसरमा तिलक क्षेत्री, त्रिभुवन बानियाा, हेमराज कार्की, रेकमाया गुरुङ र सुष्मा गुरुङले साधारण सदस्यता प्रदान गरियो।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले खेलकुद गतिविधि हेर्दा तेक्वान्दो सङ्घ कास्की जिल्लाकै उत्कृष्ट सङ्घ भएको दाबी गरे। उनले राम्रा र उत्कउष्ट खेलाडी उत्पादन गर्न राष्ट्रिय खेलकुद परिषद् लागिपरेको बताए।

कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष अर्जुन थापा, सचिव प्रेमनारायण न्यौपाने र सदस्य राजन पौडेलले मन्तव्य राखेका थिए।

कार्यक्रममा भूपू खेलाडी त्रिभुवन बानियााले तेक्वान्दो तालिम हल निर्माणको लागि पााच हजार सहयोग गर्ने घोषणा गरेका थिए।



प्रेमनारायण न्यौपाने

सचिव

कास्की जिल्ला तेक्वान्दो सङ्घ

सम्पर्क ९८४६०–४९४०८

Posted by Butwalonline on 8:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कास्की जिल्ला तेक्वान्दो सङ्घको दोस्रो साधारणसभा सम्पन्न"

Leave a reply