प्रेस समाचार
मिति : २०६९ असोज २५ गते
प्रेस समाचार
बासको छैठौं महाधिबेशन तथा भ्रष्टाचार बिरुद्धको प्रथम राष्ट्रिय युवा सम्मेलन भोलि नेपालगञ्जमा हुादैछ । महाधिबेशन र सम्मेलनको प्रचार प्रसारका लागि आज नेपालगञ्जमा मोटरशाईकिल ऱ्याली निकालिएकोछ ।
गणेशमानचौक देखि शुरु भएको ऱ्याली धम्बोभmि, पुष्पलाल चौक, न्यूरोड, सदरलाईन, ट्राफिकचौक हुादै गणेशमान चौकमैं गएर कोणसभामा परिबर्तन भएको थियो ।
कोणसभालाई बासका निर्देशक नमस्कार शाह र अध्यक्ष राजु लामिछानेले सम्बोधन गरेका थिए । कार्यक्रममा सामाजिक क्षेत्रका व्यक्तित्वहरुले सहभागिता जनाएका थिए ।
भोलि हुने महाधिबेशन तथा सम्मेलनमा ट महाधिबेशन तथा सम्मेलनको उद्घाटन कार्यक्रम पूर्ब बिहान १०.०० बजे गणेशमानचौक देखि भ्रष्टाचार बिरुद्ध ऱ्याली शुरु भई बिनायक गेष्ठ हाउसमा गएर कार्यक्रममा परिणत हुनेछ । कार्यक्रममा ट्रान्सपरेन्सि ईन्टरनेशनल नेपालका अध्यक्ष बिष्णु बहादुर के.सी., असल शासन तथा भ्रष्टाचार विरुद्ध अभियन्ता, भ्रष्टाचार विरुद्ध राष्ट्रिय सञ्जाल ९ल्ऋबऋ० का राष्ट्रिय संयोजक, भ्रष्टाचारविरुद्ध सांसदहरुको अन्तराष्ट्रिय संस्था ९न्इएब्ऋ० का सचिवालय संयोजक केदार खडका, मध्यपश्चिम प्रहरी प्रमुख पार्बति थापा, बााके प्रहरी प्रमुख लगाएतको उपस्थिती रहनेछ ।
बासका ५३ जिल्ला शाखाका प्रतिनिधि, पर्यबेक्षक र अन्य सहभागि गरि ३०० बढिले सहभागिता जनाउने सो कार्यक्रको उद्घाटन तथा सम्मेलन कार्यक्रममा असल शासन अभियन्ता केदार खडकाले भ्रष्टाचार बिरुद्ध युवाहरुको भुमिकाका बिषयमा प्रस्तुतिकरण गर्नेछन् । उनको प्रस्तुतिकरणमा सहभागिहरुले छलफल गरिसकेपछि सम्मेलनको अन्तमा नेपालगञ्ज घोषणा पत्र जारी गरिनेछ ।
पहिलो दिन उद्घाटन तथा सम्मेलनका अलवा बासका उत्कृष्ठ शाखा घोषणा हुनुका साथै बिबिध साास्कृतिक कार्यक्रम समेत हुनेछ ।
दोश्रो दिन महाधिबेशनको बन्दशत्र कार्यक्रम हुनेछ, जसमा प्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन र साागठनिक प्रतिबेदनहरु प्रस्तुत गरिनेछ भने २१ सदस्सिय केन्द्रीय कार्य समितिको निर्बाचन कार्यक्रम हुनेछ, दुई जना पछि मनोनित गरिनेछ ।
