|

प्रथम सहिद लखन थापा मगर स्मृति कप भलिबल प्रतियोगिता सम्पन्न

नुन प्रसाद सोमै मगर, दुबई-नेपाली मगर संघ यूएईको वार्षिक कार्यक्रम अन्तर्गत यूएईमा प्रथम सहीद लखन थापामगर स्मृति कप भलिबल प्रतियोगीता सफलता पूर्वक सम्पन्न भएको छ। मगरहरुको मिनाम ल्हेस (नयाँ बर्ष) र मुस्लिमहरुको दोश्रो महान चाड बाकरी  ईदको अवसर पारेर संघको दुबई क्षेत्र समितिको आयोजनामा  दुबईस्थित अलकुजको बलदिया खेल मैदानमा सम्पन्न भयो  ।

२६ अक्टोबर २०१२ देखि अलकुज दुबई स्थित बलदिया खेल मैदानमा भएको युएईव्यापी भलिवल खेल २७ अक्टोबरमा सम्पन्न भएको छ ।  प्रथम सहिद लखन थापा मगरको स्मृतिमा नेपाली मगर संघ दुबई क्षेत्रीय समिती युएई द्वारा आयोजित प्रतियोगितात्मक खेलमा जम्मा १४ टिमले भाग लिएका थिए।

भलिवल खेल प्रतियोगिताको उद्घघाटनको समयमा  नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष गिरमान थापा मगरको प्रमुख अतिथी मगर संघ युएईका केन्द्रीय अध्यक्ष नुनप्रसाद सोमै मगर विशेष अतिथि रहनु भएको थियो भने अन्य अतिथिएहरुमा, नेपाल आदिवासी जनजाती महासंघ युएईका प्रथम उपाध्यक्ष डी.आर. गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ युएईका दितीय उपाध्यक्ष महेश मोक्तान, पाथीभरा माउन्ट एभरेस्ट क्लबका अध्यक्ष शिब गुरुङ लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु र उपस्थित जनसमुदायहरु रहेका थिए। आयोजक समितिका अध्यक्ष खेम रासकोटी मगरको सभापतित्वमा औपचारिक रुपमा उद्घाटनको बेला बोल्ने क्रममा मगर सँघ युएईका अध्यक्ष नुन प्रसाद सोमै मगरले प्रथम सहिद लखन थापा मगर स्मृति भालिकम प्रथियोगिता मगर संघ युएईले मात्र नभई सम्पूर्ण युएई बासि नेपालीहरुले संयुक्त रुपमा आयोना गर्न सकेमा प्रथम सहिद प्रतिको सच्चा स्मृति हुने बताउनु भएको थियो, साथै सोमै मगरले सहभागी खेलाडी टिमहरु, प्रमुख अतिथि, अतिथीहरु र उपस्थित सबैलाई हार्दिक आभार ब्यक्त गर्नुका साथै आयोजक समितिलाई पनि बिशेष धन्यवाद दिनु भएको थियो । त्यस्तै गरी प्रमुख अतिथी गिरमान थापा मगरले प्रथम शहिद लखन थापा मगर स्मृति कप भलिवल प्रतियोगीताको पहिलो खेलमा आफु एक खेलाडीको रुपमा सहभागी भएको र आज आएर यो प्रतियोतामा आफु प्रमुख अतिथीको रुपमा उपस्थित हुँदाको यो कस्तो संयोग हो भनेर अलि भावुक पनि हुनु भएको थियो । उहाले आयोजक शाखाको प्रसंसा गर्दै निरन्तरताको कामना पनि गर्नुभयो। उदघाटन कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम मगर संघ युएईका केन्द्रीय कोषाध्यक्ष उपेन्द्र राना मगरले गर्नु भएको थियो ।

१४ टीमको सहभागिता रहेको उक्त भलिवल प्रतियोगिता २ दिन सम्म राति अबेर १० बजे सम्म  मगर संघ युएईका केन्द्रीय प्रसिक्क्षण विभाग प्रमुख राजु सिंजाली मगर र मगर संघ युएई दुबई क्षेत्रीय समितिका सचिव दोलराज थापा मगरले आफ्नो कुशल कमेन्ट्रीका साथ गर्नु भएको थियो भने गणेश थापा मगर र बिष्णु राना मगरले रेफ्रीको भूमिका निर्भाह गरेका थिए।

यसरी २६ अक्टोबरबाट सुरु भएको खेल २७ अक्टोबर राति करिब  १० बजे  सम्पन्न भएको थियो । उत्कृष्ट खेल प्रदर्शन गर्दै फाईनलमा पुगेका  पाथीभरा माउन्ट एभरेस्ट क्लब र योंग बोयेज बीचको खेलमा योंग बोयेज टिमले प्रथम स्थान हासिल गरेको थियो भने पाथीभरा माउन्ट एभरेस्ट क्लबले दोश्रो स्थानमा चित्त बुझाउन परेको थियो । प्रतियोगितामा बाग्लुंग सेवा समाज तेश्रो भएको थियो । खेल अवधीभर अत्यधिक कुशल खेल प्रदर्शन गरेका पाथीभरा माउन्ट एभरेस्ट क्लबका राजन पुलामी मगरले उत्कृष्ट खेलाडीको उपाधी चुम्न सफल भए । उत्कृष्ट खेलाडीलाई नेपाल आदीवासी जनजाती महासँघ युएईको तर्फबाट कप तथा प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो।                  

खेल समप्ती लगतै आयोजित पुरस्कार बितरण समरोहमा विजयी खेलाडिहरुलाई प्रमुख अतिथी,विशेष अतिथि नेपाल आदिवासी जनजाती महासंघ युएईका उपाध्यक्ष महेश मोक्तान, पुरस्कार बितरण समरोहका सभापति खेम रासकोटी मगर, कार्यक्रम संयोजक गणेश राना मगरले रोलक्रम अनुसार विजयी टिम तथा खेलाडीहरुलाई, कप, मेडल, प्रमाण पत्र र नगद वितरण गरिएको थियो भने प्रथम हुने टिमक ७ जना खेलाडी र उत्कृस्ट खेलाडीलाई अन्टररास्ट्रीय स्तरमा पहिलो पटक ७ डिसेम्बर २०१३ मा आयोजना हुने बक्स नेपाल फिल्म एवार्डको भी.आई.पी. पास पनि प्रदान गरिएको थियो ।







Posted by Butwalonline on 5:11 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रथम सहिद लखन थापा मगर स्मृति कप भलिबल प्रतियोगिता सम्पन्न"

Leave a reply