|

सरकारविरुद्ध आन्दोलनमा कार्यगत एकता हुन्छ,महामन्त्री प्रकाशमान

श्रीराम सिग्देल,गैडाकोट, नवलपरासी १२ असोज - नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सरकार विरुद्धको आन्दोलनमा दलहरु बीच कार्यगत एकता हुने बताएका छन् ।गैडाकोट काग्रेसको गाउ भेलालाई सम्बोधन गर्न नवलपरासी आएका महामन्त्री सिंहले आन्दोलनको औपचारिक निर्णय नभैसकेपनि दलहरु बीचमा आन्दोलन संयुक्त गर्ने सैद्धान्तिक सहमति भएको बताए ।

उनले माओवादीले सत्ताको आयु लम्ब्याउने दुरगामी सोचका साथ संविधानसभा विघटन गरेको आरोप लगाउंदै जेठ १४ अघि कांग्रेस एमालेले उठाएको एजेन्डा माओवादीले अहिले उठाएको बताए । संविधानसभा पुर्नस्थापना गर्नु सान्दर्भिक नभएको पनि सिंहले बताए । भेलालाई सम्बोधन गर्दै उनले आन्दोलन बाटै सरकारलाई हटाई छाड्ने दाबी गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले सहमतिका लागि भन्दै लिखित रुपमा पेश गरेको कार्यनिती नौटकी मात्र भएको पनि सिहले बताएका छन् । माओवादीले सहमति गर्न र नया संविधान वनाउन नचाहेका कारण देशले यो दुर्दशा भोग्नु परेको भन्दै सिहले भने अव को विकल्प भनेको चुनाव हो ।गैडाकोट काग्रेस सभापति तारापति खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महामन्त्री सिंह समक्ष गैडाकोटका  गाविस स्तरीय भातृ संगठनका प्रमुखले छुट्टा छुट्टै प्रतिवेदन पेश गरेका थिए ।

Posted by Butwalonline on 6:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सरकारविरुद्ध आन्दोलनमा कार्यगत एकता हुन्छ,महामन्त्री प्रकाशमान"

Leave a reply