बकर ईदको आज दोश्रो दिन, सरकारद्धारा सार्बजनिक बिदा
बाबुराम गैरे,बुटबल,कार्तिका १२-हिजोबाट शुरुभएको मुस्लिम समुदायको ईद पछिको ठुलो पर्ब बकरईद आज पनि मुस्लिम समुदायले हार्सोउल्लासका साथ मनाउदै छन । बकर ईदको संगै बुटबल आसपासमा बसोबास गर्ने मुस्लिम समुदायमा पनि हर्सोउल्लास छाएको छ ।
तिन दिन सम्म मनाईने यो पर्बमा आफन्तहरु जम्मा भएर मिठा मठिा परिकार बनाएर खाने र सुभकामना आदान प्रदान गर्ने प्रचmन रहेको छ । मुस्लिम समुदायले तिन दिनसम्म मनाउने यो पर्बमा कुर्बानि गरिएको बलिको मासु तिन भाग लगाउने चलन छ । जसमध्ये एक भाग दुखि गरिबहरुलाई बाडिने, अर्को एक भाग आपन साथिभाईहरुलाई पकाएर खुसियालिका साथ खुबाउने र बाकि एक भाग मात्र आपनोपरिबारको लागि राख्ने चलन छ ।
तिन दिन सम्म मनाईने भएकाले आपनो अनुकुल पारेर तिन दिन मध्ये जुन दिन पनि कुर्बानि गर्न सकिने मुस्लिम अगुबाहरुको भनाई छ । बुटबल आसपासमा बसोबास गर्ने कतिपय मुस्लिम समुदायले आज पनि खसि रागा लगायतका चौपायाको कुर्बानि अर्थात बलि दिएका छन ।
यसैबिच बक्र ईदको अबसरमा आज सरकारले सार्बजनिक बिदा समेत दिएको छ । बक्रईद शुरु भएको दिन हिजो सनिबार परेकाले सरकारले आज आईतबार सार्बजनिक बिदा दिएको हो । आज पनि मुस्लिम समुदायले आफन्तहरुसंग भेटघाट गर्नुका साथै सु्भकामना आदान प्रदान गरि यो पर्ब मनाईरहेका छन ।
