|

आफना कार्यकता कुटपिटगर्ने अभियुक्तलाई कारवाहीको माग

अर्घाखाँची,आफना कार्यकता कुटपिट गर्ने अभियुक्तलाई पक्राउ गरि आवश्यक कारवाही गर्न एकिकृत नेकपा माओवादी अर्घाखाँचीले सम्बन्धित निकायलाई आग्रह गरेको छ । महानबमीको दिन अर्थात कात्तिक ७ गते हंसपुर गाविसको बामरुकमा एकिकृत माओबादीका कार्यक्रर्ता र स्थानीय बासिन्दा बिच भएको झडपमा २ जना जिल्ला स्तरिय नेता घाईते भएका थिए ।

अर्घाखाँचीको हंसपुर गाविसमा स्थानीय बासिन्दा र एकिकृत माओबादीका कार्यक्रता बिच भएको झडपमा घाइते भएका आफ्ना कार्यक्रताको उपचार खर्च लुटिएका खोसिएका सामान फिर्ता गर्न र क्षतीग्रस्त बनाइएका मोटरसाइकलहरुको उचित क्षतिपुर्ति दिन एकिृत नेकपा माओबादीले माग समेत गरेको छ ।

एकिकृत नेकपा माओबादी अर्घाखाचीले आईतवार सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरि घटना राजनितिक पुर्बाग्रहको रुपमा घटाइएको भन्दै घटनाको सत्य तथ्य छानबिन गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा एकिकृत माओबादीका अर्घाखाँची गुल्मी इन्चार्ज तथा राष्टिय महाधिबेसन आयोजक समितिका सदस्य दिनेश पन्थीले मोटरसाइकल लिन भनेर बोलाएर गएका माओबादी नेता तथा कार्यकर्तालाइ सुनियोजित रुपमा आक्रमण गरेर मरणासन्न हुने गरि कुटपिट गरि गम्भीर घाइते बनाएको आरोप लगाउनुभयो । एकिकृत नेकपा माओबादीले निकालेको प्रेस बिज्ञप्तीमा एमालेका जिम्मेबार नेताको प्रत्यक्ष सम्लग्नतामा घटना घटेको जनाईएको छ ।

घटनामा घाइते भएका माओबादीका राज्य कमिटी आयोजक समितीका सदस्य पदम क्षेत्रीको काठमाण्डौको तिलगंगा अस्पतालमा उपचार भैरहेको छ । अर्का जिल्ला नेता तोजबहादुर रायमाझीको बाया हात फ्याक्चर भएपछि पाल्पाको मिसन अस्पतालमा उपचार भैरहेको समेत एकिकृत माओबादी अर्घाखाँचीले बताएको छ ।

कार्यक्रममा एकिकृत माओबादीका राष्ट्रिय महाधिबेसन समितिका सदस्य चन्द्रबहादुर खड्का उज्वलले प्रत्यक्ष घटनामा रहेका एमाले जिल्ला स्त्तरिय नेताले घटनालाई साम्य बनाउनुको सट्टा उत्तेजना बनाएर आफना कार्यकतालाई कुटपिट गराएको बताउनुभयो ।

केहि दिन अघि हंसपुर प्रहरी चौकीका एक प्रहरीले स्थानीय माओबादी नेता उदय थापाको मोटरसाइकल लिएर सन्धिखर्क आफ्नो तलब बुझ्न गएको बेला मोटर साइकलमा बामरुककी एक महिलालाइ लिफ्ट दिएको थिए । प्रहरीले ति महिलालाइ पुर्याउन भन्दै घरमा गएको समयमा स्थानीय बासिन्दाहरुले प्रहरी र महिला सहित मोटरसाइकल कब्जामा लिएका थिए । स्थानीय र प्रहरीहरु मिलेर सबै समस्या मिलाए पनि मोटरसाइकल स्थानीयकै कव्जामा रहेको थियो ।

झडप भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीबाट प्रहरी निरिक्षँकको नेतृत्वमा गएको टोलीले घटना साम्य पार्न ४ राउण्ड अस्रुग्यास र हबाइफायर समेत गर्नुपरेको थियो ।

उता नेकपा एमालेका जिल्ला अध्यक्षँ रामजि प्रसाद घिमिरेले घटना माओवादी र एमाले विच नभएको बताउनुभयो । घटना प्रहरी र स्थानीय विच भएको भन्दै माओवादीले अनावश्यक रुपमा राजनितीक रङ्ग दिन खाजेको आरोप लगाउनुभयो । मोटरसाईकल प्रहरीले दिनुपथ्यो माओवादीका नेताहरु गएर माग्नु नै गलत भएको घिमिरेको भनाई छ । यद्यपी सहमतिबाट निकास निकाल्नु पर्नेमा दुवै दलका नेताको जोड रहेको छ ।

Posted by Butwalonline on 4:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आफना कार्यकता कुटपिटगर्ने अभियुक्तलाई कारवाहीको माग"

Leave a reply