|

ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

चितवन, कात्तिक १३ - पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा गएराति ट्रकको ठक्करबाट दुई युवकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना२ख ३७९८ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना१५प ५९६७ नम्बरको मोटरसाइकललाई गैँडाकोट- ९ थुम्सीमा ठक्कर दिँदा स्थानीय दुई युवक देवबहादुर थापा र भरत रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।

उनीहरु अन्दाजी १९, २० वर्षका थिए। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकाहरुको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई गैँडाकोट प्रहरीले नियन्त्रणमा लिएको छ। राति ९ बजे भएको सो घटनापछि स्थानीयवासीले दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै गैँडाकोटमा केही समय सडक अवरुद्ध पारेका थिए। रासस
स्रोत :नागरिक न्यूज

Posted by Butwalonline on 8:55 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " ट्रकको ठक्करबाट दुई युवकको मृत्यु"

Leave a reply