लखन थापा मगर १३६औ स्मृति कप भलिबल प्रतियोगिता सम्पन्न
गत सुक्रबार मगर संघ यूएईको वार्षिक कार्यक्रम अन्तर्गत यूएईमा प्रथम सहीद लखन थापामगर स्मृति कप भलिबल प्रतियोगीता सफलता पूर्वक सम्पन्न भएको छ। मगरहरुको मिनाम ल्हेस (नयाँ बर्ष) र मुस्लिमहरुको दोश्रो महान चाड बाकरी ईदको अवसर पारेर संघको दुबई क्षेत्र समितिको आयोजनामा दुबईस्थित अलकुजको बलदिया खेल मैदानमा २६ अक्टोबर २०१२ देखि अलकुज दुबई स्थित बलदिया खेल मैदानमा भएको युएईव्यापी भलिवल खेल २७ अक्टोबरमा सम्पन्न भएको छ । प्रथम सहिद लखन थापा मगरको स्मृतिमा मगर संघ दुबई क्षेत्रीय समिती युएई द्वारा आयोजित प्रतियोगितात्मक खेलमा जम्मा १४ टिमले भाग लिएका थिए। Read more




