|

रञ्जन सागर स्मृतिकप आजबाट बुटबलमा शुरु

भरत अधिकारि,बुटबल,कार्तिक १२ - बुटबलमा आजबाट शुरु भएको रञ्जन सागर स्मृति नकआउट फुटबल प्रतियोगितामा डिएमसि तुल्सिपुरले बिजयी शुरुबात गरेको छ । सयपत्रि युबा क्लब बुटबललाई सुन्यका बिरुद्ध तिन गोल गर्दै डिएमसि बिजयि भएको हो । फिफा टेक्निकल सेन्टर बुटवलमा भएको खेलमा डिएमसिले खेलको पहिलो हाफमा एक र दोश्रो हाफमा दुई गोल गरेको थियो । खेलको १३ औा मिनेटमा अमित    चौधरिको गोलबाट अग्रता लिएको डिएमसिका लागि दोश्रो गोल खेम पुनले दोश्रो हाफको १२ औा मिनेटमा गरेका थिए ।

त्यस्तै टिमका लागि तस्रो गोल टिम कप्तान समेत रहेका शतिस भण्डारीले दोश्रो हाफको ३३ औा मिनेटमा गरेका थिए । उता सयपत्रिले खेलको ३३ औ मिनेटमा पाएको पेनाल्टिलाई सदुपयोग गर्न नसक्दा गोलरहित प्रतियोगिताबाट बाहिरिन पुग्यो । संञ्जय गुरुङले गरेको पेनाल्टि प्रहार बाहिरिए पछि सयपत्रिको अघिल्लो यात्रा रोकिएको हो । खेल अबधिभर सयपत्रिले तिनबटा गोल गर्ने अबसर गुमाएको थियो । आजको प्रतियोगितामा सयपत्रिका गोलरक्षक दर्गा केसि म्यान अफ द म्याच घोषित भएका छन ।

यस अघि प्रतियोगिताको एक समारोहका बिच अखिल नेपाल फुटबल संघका केन्द्रिय सदश्य हरि श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोह सुनौलो संगम युबा क्लबका अध्यक्ष युबराज पराजुलिको अध्यक्षता तथा सचिब शिब बजगाईको संचालनमा सम्पन्न भएको थियो ।
एन्फा एकेडेमि बुटबल र सुनौलो संगम युबा क्लबको संयुक्त आयोजनामा संचालित प्रतियोगितामा रुपन्देहिका १६ बटा क्लबहरुको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत भोलि फर्साटिकर युबा क्लब र लिस्नु युबा क्लब कोटिहबाका बिच प्रतिष्पर्धा हुने खेल संयोजक नगेन्द्र कार्कीले जानकारि दिनुभयो । प्रतियोगिताको बिजेताले नगद २० हजार तथा उपबिजेताले १० हजार प्राप्त गर्ने आयोजकले जनाएका छन । बुटबलबाट काठमाण्डौ जादै गर्दा सडक दुर्घटनामा परि निधन भएका एन्फा एकेडेमिका खेलाडि रञ्जन थापा र सागर परियारको सम्झनामा प्रतियोगिता भएको हो ।

Posted by Butwalonline on 7:10 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रञ्जन सागर स्मृतिकप आजबाट बुटबलमा शुरु "

Leave a reply