|

कोरियामा नेपाली कामदारको कन्त बिजोग


सोल,कार्तिक ३ -  बाग्लुङका राज सापकोटा, लमजुङका बीर गुरुङ र दोलखाका दिनेश जिरेल एक बर्षअघि माक्फो उनगाङ नामक कम्पनीको कामदारका रुपमा आएका थिए । आएदेखि उनीहरुलाई मालिक ओ छाङ मीनले पटकपटक कुटपिट गर्ने गरेका छन् । यसअघि साहुकै पिटाईले त्यहाँ एक नेपाली कामदारको हात भाँचिएको थियो । उनलाई दूतावासले उद्दार गरेको थियो । यी तीन भाईलाई मालिक मीनले शारीरिक, मानसिक यातनामात्र नभई श्रम सम्झौता अनुसारको पारिश्रमिक पनि नदिएको बताईएको छ ।

यी तीनजनाको दुःखजस्तै पर्वतका प्रमोद भुसाको पनि मर्म बेग्लै छ । गत अपि्रल १९मा कुनसानको दोरिम नामक साग उत्पादन गर्ने कृषि र्फकको काम गर्दै आएका उनलाई साहुले बारम्बार कुटपिट गर्ने गरेको छ । नुवाकोटका चन्द्र घिमिरेले पनि साहुको यातना सहन नसकेपछि विभिन्न समाजिक संघ संस्थामा सहयोगको याचना माग्दै हिड्न थालेका छन् । चार महिना देखि तलब नपाएका र साहुबाटै दूव्यवहार भोगेका तीन जना नेपाली महिला कामदार अहिले एक सेल्टरमा बसेर रोजगार केन्द्रको सूचना पर्खिरहेका छन ।
स्रोत :ऑनलाइन खबर 

Posted by Butwalonline on 8:53 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कोरियामा नेपाली कामदारको कन्त बिजोग "

Leave a reply