ट्रक दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु
हेटौँडा, कात्तिक १५ - त्रिभुवन राजमार्गको पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना३ख ९७८३ नम्बरको ट्रक गैरीभन्ज्याङमा हिजो साँझ सडकबाट करिब दुईसय मिटर तल खसी दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा मकवानपुर जिल्ला दामन-७ बस्ने ३० वर्षीय प्रदीप पाख्रिन लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्रकमा यात्रा गर्ने नामटार-१ बस्ने २६ वर्षीया घाइते सुष्मा पाख्रिनको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।ट्रक चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको छ। रासस
स्रोत: नागरिक न्यूज