|

अफगानिस्तानमा दुई नेपाली बेलायती गोर्खा सैनिकको हत्या

१५ कात्तिक, काठमाण्डौं । बेलायती गोर्खा सैनिकमा आवद्ध दुई नेपालीको अफगानिस्तानमा हत्या भएको छ । उनीहरु बेलायती सेनाको रोयल गोर्खा राइफल्समा कार्यरत रहेका थिए ।

द रोयल गोर्खा राइफल्सको फस्र्ट बटालियनका कार्यरत उनीहरुलाई अफगानिस्तानको हेल्मन्ड प्रान्तको नहर-ए-सराजमा हत्या गरिएको अवस्थामा फेला पारिएको छ । दुवै जनालाई अफगानी प्रहरीको बर्दी लगाएका एक व्यक्तिले गोली हानेर हत्या गरेको बताईएको छ ।

मृतकका परिवारलाई खबर गरेपनि उनीहरुको नाम भने अहिलेसम्म सार्वजनिक गर्न बाँकी रहेको बेलायती गोर्खा सैनिकले जनाएको छ ।
स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 7:24 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अफगानिस्तानमा दुई नेपाली बेलायती गोर्खा सैनिकको हत्या "

Leave a reply