गज़ल
धेरै तल खस्नुपर्ला,संसारलाई ढाँट्यौ किन
***************************
धेरै तल खस्नुपर्ला,संसारलाई ढाँट्यौ किन
दलदलेमा फस्नुपर्ला,नकामलाई आँट्यौ किन
आफ़्ले खन्या खाडलमा,आँफै परे पछि
रहरलाई कस्नुपर्ला,यस्तो डोरी बाट्यौ किन
मित्रतालाई लत्याएर, लाग्दा अर्कै बाटो
फेरी सङ्गै बस्नुपर्ला,मायाँ प्रीति साट्यौ किन
वास्तविकता लुकाएर असत्यलाई रोज्दा
खरानी नै घस्नुपर्ला,आफ्नै बुद्धि चाट्यौ किन
सोझो मनलाई सताएर गर्यौ धोका बाजी
भङ्गालोमा पस्नुपर्ला,चोखो मुटु काट्यौ किन
Copy right @ कोमल भट्ट,काठमाडौँ
हाल :- न्युयोर्क ,अमेरिका
24 October ,2012 .

