सिस्नेरी सामुदायिक वन उपभोक्ता समूह दोभान पाल्पाको साधारणसभा सम्पन्न
पाल्पा,असौज ६, सिस्नेरी सामुदायिक वन उपभोक्ता समूह दोभान पाल्पाको १७ औं साधारणसभा शनिवार एक कार्यक्रम विच पाल्पाको दोभानमा सम्पन्न भयो । दोभान गाविसका सचिव यादव प्रसाद अर्याल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा उहाँले सामुदायिक वनहरुले रुखमात्र बेचेर आर्थिक उपार्जन गर्नुभन्दा अम्रिसो,दालचिनी तथा अन्य जडीबुटी खेती गरेर आम्दानीका बाटो बढाउनु पर्नेमा जोड दिनु भयो ।
त्यसै गरी झुम्सा रोजपोष्टका प्रतिनिधि धर्मबीर थापाले सिस्नरी सामुदायिक वनले सोंचेभन्दा बढी प्रगति गर्न सकेकोमा खुसी ब्यक्त गर्नु भयो ।
साधारणसभामा सामुदायिक बन समन्वय समितिका सचिव दलबहादुर गुरुङले सामुदायिक बन निमुखाको धन हुनुपर्ने र संरक्षणमा सबैको उत्तिकै चासो हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा दोभान उमाविका प्रअ ध्रुवनारायण त्रिपाठी,जेटी नरदेश प्रभाकर,दोभान गाविसका पूर्व अध्यक्ष लक्ष्मण थापा लगायतले बन र वातारण विषयमा आ(आफ्ना विचार प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा समुहका अध्यक्ष शेरबहादुर थापाले वार्षिक प्रगति प्रतिवेदन,कोषाध्यक्ष रविन्द्र पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो भने सचिव अमरिसंह भण्डारीले कार्यक्रम साचालन गर्नु भएको थियो ।