एकीकृत नेकपा माओवादी जिल्ला कमिटि पाल्पा संगठन बिस्तार तीर
पश्चिम पाल्पा, ६ असोज । एकीकृत नेकपा माओवादी जिल्ला कमिटि पाल्पाले सस्थापक पार्टी बाट मोहन बैध समुह अलग भैसकेपछि गाउ गाउंमा संगठन निर्माणलाई तिव्रता दिएको छ ।
संगठन निर्माणका क्रममा शनिवार पश्चिम पाल्पाको बल्ढेङगढी गा.बि.स.मा पनि सोमबहादुर रायमाझीको अध्यक्षतामा १३ सदस्य नया गाउ कमिटि गठन गरिएको छ । जसको सचिवमा टिका रास्कोटी,स–सचिवमा गगन रास्कोटी र सदस्यहरुमा झपिन्द्र रायमाझी खुम बहादुर रास्कोटी,सिता कार्की,निरख पुन,हुमान सिंह सारु,खिम वहादुर पुन,बिष्णु पुन,पदम रास्कोटी,जित बहादुर पुन,मान कुमारी रास्कोटी हिरा रायमाझी रहेका छन् । सोम बहादुर रायमाझीको अध्यक्षता, मंगरात राज्य समिति सदस्य प्रभात को प्रमुख आथित्यता र खिम बहादुर पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।