कालिगण्डकि डाईभर्सन गरेरै छाड्ने प्रतिबद्धता
असौज ६, बुटबल । रुपन्देहिमा बढ्दै आएको सिंचाईको समस्या समाधानका लागि एक मात्र बिकल्पको रुपमा रहेको कालिगण्डकि नदि डाईभर्सनलाई साकार पारेरै छाड्ने दुई फरक पार्टिबाट रुपन्देहिको प्रतिनिधित्ब गर्ने पुर्ब मन्त्रिहरुले एउटै मन्चबाट प्रतिबद्धता जनाएका छन । सोह्र– छत्तिस सम्युक्त सिंचाई प्रणालिको सातौ साधारणसभा तथा सम्मान कार्यक्रमको आज सनिबार रुपन्ेदेहिको नयाामिलमा उद्घाटन गर्दै उनिहरुले सो प्रतिबद्धता जनाएका हुन । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिब तथा पुर्ब जलस्रोत मन्त्रि बिष्णु पौडेलले कालिगण्डकिलाई सुरुङ मार्फत तिनाउमा ल्याउने कुरा निकै महत्बकांक्षि भएपनि यो नै एकमात्र बिकल्प भएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पौडेलले रुपन्देहिको बिकाशका लागि आफु सधै प्रतिबद्ध रहेको दोहोऱ्याउनु भएको थियो । कार्यक्रममा पुर्ब सिंचाई मन्त्रि तथा नेपालि कांग्रेसका नेता बालकृष्ण खाणले पनि कालिगण्डकि डाईभर्सननै उत्तम बिकल्प भएको बताउनु भयो । नेता खाडले पानिको उपभोग बड्दै गएको र याहा उपलब्ध स्रोतहरु सुक्दै गएको प्रसंग कोट्याउदै कालिगण्डकिलाई तिनाउमा नल्याई नहुने दाबि गर्नुभयो । कालिगण्डकि डाईभर्सनमा समान धारण प्रस्तुत गरेका दुई फरक पार्टिका नेताले देशको राष्टिय राजनितिका बिषयमा पनि समान धारण ब्याक्त गरेका छन । एमाओबादि कै कारण शान्ति र संबिधानको काम अलपत्र परेकोमा दुबै नेताको जोड रहेको छ । मन्त्रि पौडेलले एकिकृत नेकपा माओबादिका कारण राजनितिक गाठो कसिदै गएको आरोप लगाउनु भएको छ । एमाओबादिलाई हतियार बिहिन नबनाईकनै संबिधान सभाको निर्बाचन गर्न सहमत गरेर एमालेले उबेला नै ठुलो गल्ति गरेको भन्दै नेता पौडेलले अबको राजनितिक निकाशको एकमात्र बिकल्प नया चुनाब हुने बताउनु भयो । तर नया चुनाब पहिला सहमतिय सरकार निर्माण हुनु पर्नेमा बहाको जोड रहेको छ । त्यस्तै नेता खाडले पनि माओबादिले संबिधान नचाहेकाले अनेक जालझल गर्ने गरेको आरोप लगाउनु भएको छ ।
कार्यक्रममा आपनो कार्यकालमा रुपन्देहिमा सिंचाईको क्षेत्रमा अल्लेख्य काम गरेको भन्लै मन्त्रि द्धवय पौडेल र खाडलाई कदर पत्र र दोसल्ल ओडाई सम्मान समेत गरिएको थियो ।
त्यस्तै सोहि कार्यक्रममा सिंचाई प्रणलिका सात पुर्ब सभापतिका साथै रुपन्देहिका ३ जना पत्रकारहरुलाई पनि सम्मान गरिएको छ । रेडियो लुम्बिनिका कार्यक्रम उत्पादक द्धय प्रकाश गौतम र माया केसि साथै लुम्बिनि दैनिकका पत्रकार प्रदिप ज्ञबालिलाई सम्मान गरिएको हो । त्यस्तै राष्टिय सिंचाई जल उपभोक्त महासंघ नेपालका केशबराज न्यौपाने पनि सम्मानित हुनुभएको छ । सम्युक्त सिंचाई प्रयालिका सभापति कृष्ण प्रसाद पौडेलको अध्यक्षता र सचिब धु्रब धितालले स्रंचालन गर्नुभएको कार्यक्रममा ३६ मौजाका उपभोक्ता यज्ञश्बर क्षेत्रि, १६ मौजाका पुर्ब सभापति सुकदेब न्यौपाने, १६ मौजाका पुर्ब सचिब सैलेन्द्र कुमार अधिकारि, ३६ मौजाका अध्यक्ष यज्ञ गैरे, १६ मौजाका सभापति माधब पाठक, ४ तपाहाका सभापति दधिराम न्यौपाने, आनन्दबन नमुना गाबिसका सचिब घनश्याम अर्याल, सिंचाई प्रणालिका भुतपुर्ब सभापति रोमणि प्रसाद पाठक, जल अत्पन्न प्रकोप नियन्त्रण रुपन्देहिका दुजेन्द्र बस्नेत,पश्चिमाञ्चल सिंचाई बिकाश डिभिजनका प्रमुख बसन्त रायमाझि र स्थानिय बिकाश अधिकारि नारायण ज्ञबालि समेतले बोल्नुभएको थियो ।