|

प्रधानमन्त्री चढेको हेलिकोप्टर सुर्खेतमा आकस्मिक अवतरण


सुर्खेत, भदौ ३१ - प्रधानमन्त्री डा वावुराम भट्टराई चढेको हेलिकोप्टर सुर्खेत विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । जुम्लावाट कालिकोटका लागि उडेको हेलिकोप्टर मौसममा खराबी आएपछि आइतवार विहान सवा १० बजेतिर सुर्खेतमा अवतरण गरिएको हो ।

प्रत्येक महिनाको अन्त्यमा  जनताका घरमा एक रात बास बस्ने नियमित कार्यक्रम अन्तरर्गत प्रधानमन्त्री भट्टराई शनिवार जुम्ला पुग्नु भएको हो । यसअघि हिजो जुम्ला जाने क्रममा पनि मौसममा खराबी आएपछि बाँकेको कचनापुरमा आकस्मिक अवतरण गरिएको थियो ।  अवतरणपछि प्रधानमन्त्री भट्टराई बाँकेको नेपालगञ्ज पुगी दिउँसो जुम्ला प्रस्थान गर्नु भएको हो । समाचार ऑनलाइन खबर बाट 

Posted by Butwalonline on 7:59 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रधानमन्त्री चढेको हेलिकोप्टर सुर्खेतमा आकस्मिक अवतरण"

Leave a reply