|

प्रहरी नियन्त्रणमा रहेका माओवादी कार्यकर्ताको शंकास्पद मृत्यु

वुटवल, पुस १९ – प्रहरी नियन्त्रणमा रहेका आफना कार्यकर्ताको शंकास्पद ज्यान गएको भन्दै नेकपा माओवादी रुपन्देहीले छानबीनको माग गरेको छ ।

जबरजस्ती चन्दा उठाएको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएका रुपन्देहीको फरेना २ का ३७ वर्षिय सैलेन्द्रनाथ तिवारीको बुधबार बेलुकी ज्यान गएको थियो ।

तिवारीको उच्च रक्तचापका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मानसिक वा शारीरिक यातना नभई हिरासतमा ज्यान जान नसक्ने भन्दै माओवादीले छानवीन गरेर दोषीलाई कारबाहीको माग गरेको छ  । स्रोत : उज्यालो  नेटवर्क

Posted by Butwalonline on 7:58 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रहरी नियन्त्रणमा रहेका माओवादी कार्यकर्ताको शंकास्पद मृत्यु "

Leave a reply