मनकामना मन्दिर दर्शनगरेर फर्कदैगर्दा भारतीय नागरिकको मृत्यु
काठमाडौँ, असोज १ - गोरखाको मनकामना मन्दिर दर्शन गर्न आएकी भारतको आन्ध्रप्रदेश घर भएकी ६३ वर्षीया मुलुकउतला महालक्ष्मीको मृत्यु भएको छ |
मन्दिर दर्शन गर्ने क्रममा बिरामी भएकी उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार गरिएको थियो।त्यसपछि थप उपचारका लागि केबलकारमा राखी लैजाने क्रममा कुरिनटारस्थित केवुलकारको फेदमा रहेको स्टनेशनमा आई पुग्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।समाचार नागरिक न्यूज बाट