सुर्खेतका युवाहरु संगठीत हुँदै
सुर्खेत,असोज १-राज्यमा आफ्नो उपस्थीती र पहुच बढाउन दबाब दिन भन्दै सुर्खेतका युवाहरु संगठीत हुन थालेका छन् । युवालाइ राज्यले उपेक्षा गरेको भन्दै हरेक ठांउमा युवाको उपस्थीती बलीयो बनाउन राष्ट्रीय युवा सञ्जाल जिल्ला कार्यसमीती गठन गरीएको छ ।
राष्ट्रीय युवा संञ्जाल केन्द्रीय महासचीब बिशाल गैरे को प्रमुख आतीथ्यमा सुर्खेतका युवाहरुको भेलाले समीत िगठन गरेको हो । पन्ध्र सदस्यीय समीतीको अध्यक्षमा कृष्ण आचार्य,उपाध्यक्ष मा पुर्ण बहादुर थापा ,सचीबमा सुरेन्द्र बिसी, सहसचीबमा गीता राना र कोषाध्यक्षमा कमल बिष्ट रहनुभएको छ । अन्य सदस्यहरुमा दिपेन्द्र खड्का,बिरेन्द्र शाही,टीकाराम खड्का, तिलक अधीकारी,समीर शाही,सागर थापा लगाएत रहनु भएको छ । हरेक क्षेत्रमा राज्यले युवालाइ उपेक्षा गरेको भन्दै अध्यक्ष कृष्ण आचार्यले राज्यले युवालाइ सही ठांउमा सदुपयोग गरी देसमै रोजगारीको ब्यबस्था हुनेगरी निती ल्याउनुर्पे बताउनुभयो ।