|

तिनाउमा पानीको सतह बढ्यो,बुटवलको अमरपथ बजार जलमग्न


विनोद परियार,रूपन्देही,१ असोज । लगातारको बर्षाका कारण रुपन्देहीको तिनाउ नदीमा पानीको सतह बढेको छ । तिनाउमा पानीको सतह बढ्दै गएपछि नदी छेउका बासिन्दा त्रसित भएका छन् । बुटवल शहरको छेउमै रहेका विनापाते,हात्तिसुढ,खयरघारी,प्रगतिनगर,बुद्धनगर लगायतका बासिन्दा त्रसित भएका हुन । यो बर्ष तिनाउमा बाढी आएपनि क्षति भने भएको छैन ।

पहाडी जिल्लामा लगातार पानी पर्दा तिनाउमा पानीको सतह ह्वात्तै बढ्ने भएकाले नदी छेउका बासिन्दा त्रसित हुने गरेका छन् । बुटवल पवित्रानगरका स्थानीय प्रेम बहादुर रानाले लगातार पानी परेकाले बस्ती जोखिममा रहेको बताए । पहाडी भेगमा पानी परिरहेकाले जतिखेर पनि पानीको सतह बढ्न सक्ने भन्दै संसङकित भएको उनले सुनाए । ‘यो बर्ष बाढीले क्षति पुर्‍याएको छैन’ उनले सुनाए –‘यसैगरि पानी परे बाढी आउन सक्छ ।’ बुटवलमा सुकुम्बासीको रुपमा तिनाउ किनारमा करिब १२ सय बासिन्दा छन् । बर्षाका कारण रुपन्देहीको दानव नदीमा पनि पानीको सतह बढेको छ । बर्षाले बुटवलको अमरपथ बजार जलमग्न भयो भने ग्रामिणभेगमा किसानका खेत पानीले भरिएको स्थानीयले बताएका छन.् । दुई दिनदेखिको अविरल वर्षासंगै खसेको पहिरो बुटवल पाल्पा सडकखण्ड अबरुद्ध भएको छ । यसैविच जिल्ला दैविक प्रकोप उद्धार समितिले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।

Posted by Butwalonline on 5:27 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तिनाउमा पानीको सतह बढ्यो,बुटवलको अमरपथ बजार जलमग्न"

Leave a reply