नेपाली महिला समाज, कतारको प्रथम रमाइलो तीज कार्यक्रम २०६९ भव्य रुपमा सम्पन्न
भुवन केसी दोहा कतार,सेप्टेम्वर १४-नेपाली नारीहरुको महान चाड हरितालिका पर्व तिजको अवसरमा नेपाली महिलाहरुको हक हितको लागि गठित नेपाली महिला समाज दोहा कतारले सेप्टेम्वर १४ मा एक भव्य रमाइलो तीज कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली महिला समाज दोहा कतारकी अध्यक्ष रेखा राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मुख्य अतिथिको रुपमा नेपाली राजदुतावासकी महामहिम नेपाली राजदुत श्रीमती माया कुमारी शर्माद्धारा उद्घाटन तथा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो, कतारको राजधानी दोहाको गल्फ होराइजन होटेलमा सम्पन्न सो कार्यक्रममा कतारमा संगठित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, व्यावसायी, मिडियाकर्मी तथा कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदीवहीनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानिय नेपाली कलाकर्मीद्धारा तीज सम्वन्धि वेजोड सांगितिक सौगात प्रस्तुत गर्नुृका साथै नृत्यद्धारा उपस्थित सवैलाई आफनो देश, कला सस्कृति देखि टाढा रहेता तीजको समयमा घन्कने भाकाले यो प्रस्तुतीले स्वदेशमै भएको भान भएको थियो ।

