|

रुपन्देहीका सामुदायिक विद्यालयहरुमा सफल शैक्षिक अभ्यासको थालनी

विनोद परियार,रुपन्देही,२२ भदौ । रुपन्देहीका सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधारका लागि सकरात्मक अभ्यासको थालनी भएको छ । स्कुल मिट प्रोगाम,अतिरित्त शिक्षाको ब्यवस्था,घरदैलो अभियान,बार्षिक कार्ययोजना,गेटपास,सार्वजनिक सुनुवाई,साप्ताहिक परिक्षा,ईमेल ईन्टरनेटको प्रयोग र अग्रेजी भाषाको पढाई शैक्षिक सुधारका अभ्यासको रुपमा देखिएका  हुन ।

शिक्षा दिवसको सन्दर्भमा  शुक्रबार शिक्षा पत्रकार समुह लुम्बिनीले बुटवलमा आयोजना गरेको सामुदायिक विद्यालयका सफल शैक्षिक अध्यास बिषयक कार्यक्रममा सहभागि विद्यालयका प्रधानाध्यपाक,शिक्षाविद र सरकारी प्रतिनिधिहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी झुम प्रसाद राईले शिक्षाको गुणस्तर बृद्धिका लागि सामुदायिक विद्यालयको अभ्यासहरु सकरात्मक भएको भन्दै यसलाई सबै विद्यालयले सिक्नुपर्ने बताए । उनले शिक्षण सिकाईलाई प्रभावकारी बनाउन सामुदायिक विद्यालयले थालेको प्रयास प्रशंसनीय रहेको बताए । उनले जिल्लाका सफल विद्यालयको संगालो र सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाए ।

प्राध्यापक एंव शिक्षाविद् आनन्दमान शाक्यले शैक्षिक गुणस्तरका लागि थालिएको अभ्यासअनुगमनको जरुरी रहेको बताए । उनले विद्यालयकाविचमा छलफल,समन्वय र शिक्षण विधिका बारेमा छलफल हुनुपर्ने भन्दै यसका लागि सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए । शिक्षाविद् उत्तरकुमार पराजुलीले मौलीक अभ्यसालाई जोड दिदै विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवालीले अग्रजी भाषाको नाउमा योग्यतानै नपुगेका शिक्षक राख्ने,विद्यार्थी संख्या घट्छन् भनेर सबैलाई उतिर्ण गराउने प्रचलन अन्त्य हुनुपर्ने बताए । कार्यक्रममा कालिका उच्च माविका प्राचार्य घनश्याम पाठक,नविन औद्योगिक माविका प्राचार्य प्रेम बस्नेत,शान्ति नमूना माविका कुल प्रसाद लामिछाने,गिर्वाण मावि मणिग्रामका बुद्धिसागर भट्टराई,पशुपति उच्च माविका कृष्ण प्रसाद घिमिरे,कान्ति उच्च माविका चुरामणि पौडेल,नया गाउ उच्च माविका हरि प्रसाद रेग्मी,युगज्योती मावि देवदहका शिव ढुङगाना,जनप्रिय माविका तारा प्रसाद पराजुली लगायतले आफुहरुले शुरु गरेका अभ्यासको बारेमा जानकारी दिएका थिए । अधिकांशले अग्रेजी र नेपाली भाषाको शिक्षण थालनी गरेको जनाएका छन् ।

सो अन्तरक्रियामा जिल्ला शिक्षा कार्यालयका उपसचिव थानेश्वर ज्ञवालीले रुपन्देहीमा शैक्षिक सुधारका लागि अत्याधुनिक प्रविधिको प्रायोगका साथै रचनात्मक अभ्यासको थालनी भएको बताएका थिए ।

शिक्षा पत्रकार समुह लुम्बिनीका सचिव कृष्ण मल्लको अध्यक्षता,विनोद परियारको संचालनमा कार्यक्रम भएको थियो ।

Posted by Butwalonline on 5:12 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रुपन्देहीका सामुदायिक विद्यालयहरुमा सफल शैक्षिक अभ्यासको थालनी"

Leave a reply