दुबईमा मृत्यूदण्ड सुनाईएका सुनारको जीवनरक्षाका लागि आर्थिक संकलन हुनेक्रम जारी
बिनोद परियार,बुटवल,२२ भदौ । दुबईमा मृत्यूदण्ड सुनाईएका चित्रे ४ पर्वतका दुर्गाबहादुर सुनारको जीवनरक्षाका लागि रुपन्देहीमा आर्थिक संकलन हुनेक्रम जारी छ । शुक्रबार बुटवल र भैरहवामा ५२ हजार ३ सय रुपैया आार्थिक संकलन भएको छ ।
संयुक्त अरब इमिरेटस युएईको शारजाहमा मृत्युदण्डको सजाय सुनाईएका सुनारको जीवनरक्षाका सहयोग बुटवलमा समिति गठन गरि आर्थिक संकलन शुरु गरिएको हो । समितिका संयोजक एमवि विश्वकर्माका अनुसार दुई दिनमा २ लाख १९ हजार २ सय रुपैया संकलन भएको छ । तीन वर्षअघि सामान्य कुटपीट हुँदा सुनसरीका गणेशहादुर बस्नेतको मृत्युभएपछि सुनारलाई त्यहाँको अदालतले मृत्युदण्ढको सजायँ सुनाएको छ ।
विकल्पमा मृतक परिवारलाई सुनार परिवारले ब्लड मनी बुझाउर्ने भएकाले बुटवल र भैरहवामा आर्थिक संकलन अभियान शुरु गरिएको हो । बुटवल र भैरहवाका सुनचादीप् ब्यवसायी,कालिगढ र दतिल समुदायले सुनारको जीवन रक्षाका लागि आर्थिक सहयोग गरेका हुन । रेडियो जागरण,नेपाल सुनचादी ब्यवसायि संघ र सुनचादी कालिगढहरुको संयुक्त पहलमा दुर्गा बहादुर सुनारलाई मृत्यूदण्डबाट जोगाउन ब्लड मनीका लागि रकम संकलन गरिएको हो ।