|

आफैले घोषणा गरेको प्रतिबन्धित क्षेत्रबाट जिविसद्वारा नदीजन्य पदार्थ निकासी


किरणमान बज्राचार्य,कपिलवस्तु ५ असोज-जिल्ला विसका समिति कपिलवस्तुले आफैले घोषणा गरेको प्रतिबन्धीत क्षेत्रवाट नदीजन्य पद्धार्थ निकासी गरीरहेको छ । पुर्ब पश्चिम राजमार्ग जोड्ने बाणगंगा पुल वरिपरिबाट जिविसले नदीजन्य पर्दाथ निकासी गरीरहेको हो ।

नदीको बहाव परिवर्तन गर्न भन्दै जिविसले चार दिन अघि त्यहाका नदीजन्य पर्दाथ आफैले उत्खनन गरेको छ । पुलको उत्तर–दक्षिण १ किलो मिटरको क्षेत्रवाट नदिजन्य पद्धार्थ उत्खनन गर्न नपाईने भए पनि सोही प्रतिबन्ीत क्षेत्रवाट  नदिजन्य पद्धाथ उत्खनन् गरी जिविसले स्थानिय क्रेसर उद्योगहरुलाई विक्री गरेको स्थानियले आरोप लागाएका छन् ।

अनियन्त्रित नदीजन्य पदार्थको निकासीले पुल जोखिममा परेको भन्दै जिविस आफैले सो क्षेत्रको ४ यस मिटर माथि र १ सय मिटर तलको क्षेत्रमा नदीजन्य पद्धार्थ निकाशी लगाउदै छ । तर सडक विभागको सर्वे तथा नदी बहावको अवस्थाको कारण देखाउदै आफैले प्रतिबन्ति क्षेत्र फुकुवा गरेको स्थानियबासी बिष्णु गिरीले आरोप लगाए । “यसले गर्दा पुन : पुल खतरामा परेको छ” उनले भने । सडक डिभिजनले दिएको प्रतिबेदनको आधारमा कुल एक लाख २५ हजार घर मिटर माल निकाल्ने जिबिसले जनाएको छ । अहिले सो क्षेत्रबाट दैनिक पााच सय बढी ट्याक्टर तथा टिप्परले ढुंगा, गिट्टी, बालु र मिस्टक निकासी गरीरहेका छन् । जिबिसले नदीबाट एक्साभेटरले माल निकासी गर्न खोज्दा स्थानियले बिरोध जनाए पछि सो कार्य भने अघाडि बढन सकेको थिएन ।

नदीजन्य पदार्थ निकालिदा जमिन मुनी गाडिएको पुलको जगमा प्रभाव परेको प्राविधिकहरु बताउछन् । अहिले जगको तल सम्मको भाग देखिन थालेको छ । जग (फाउण्डेसन)लाई छोपेर राखेको बेड स्कोर घटदै गएकाले पुल जोखिममा परेको प्राबिधिकहरुको भनाई छ । दुई मिटर बढी गहिरिएर जग देखिन थालेपछि स्थानियबासीहरु पुल भत्कन सक्ने भन्दै त्रसित बनेका छन् । पुल जोखिममा परेको भन्दै सडक डिभिजन कार्यालय शिवपुरले पिलर जोगाउन कटअफ वाल निर्माण गरेको थियो । सडक कार्यालयले ३० लाखको लागतमा निर्माण गरेको ३० मिटर कटअफ वाल समेत नदीले बगाउने खतरा बढेको छ । कटअफ वाल लाई सपोर्ट गर्ने नदीजन्य पदार्थ निकालिादा त्यहा ठूला खाडल भई पानीको भेलले वाल बगाउने खतरा बढेको छ ।

डिभिजन सडक कार्यालय शिवपुरले बि आर सी कन्सट्रक्सनलाई जिविसको सहकार्यमा पुलको बिचमा रहेको नदीजन्य पदार्थ निकाल्न अनुमति दिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, बन प्रुमुख सहितको अनुगमन समितिले भदौ २९ गते सो क्षेत्रबाट नदीजन्य पदार्थ निकासी गर्ने निर्णय अनुरुप निकासी थालिएको जिविसले जनाएको छ । “सडकको प्रतिवेदन र समितिको निर्णयले कार्य थालिएको हो, त्यहा बाट नदीजन्य पदार्थ निकालिएन भने पुल जोखिममा पर्छ” स्थानिय विकास अधिकारी राम प्रसाद पाण्डेको भने । तर स्थानियबासीहरुले भने सो क्षेत्रमा करिब १० बर्ष अघि देखि नै सोहि मात्रामा नदीजन्य पदार्थ थुप्रीएको बताउछन् ।

नदीजन्य पदार्थ निकालिए नदीको बहाव परिर्वतन भई नदी किनारमा रहेका ३ वटा गाउ जोखिममा पर्ने स्थानिय कुलचन्द्र पराजुलीले बताए । जिल्लाको मोतिपुर गाविसको वडा नं. ४ को बालापुर तथा वडा नं. ५को सिसहनिया र धनेशपुर उच्च जोखिममा रहेको उने बताए । नदिजन्य पद्धार्थको निकाशी सागै नदीको बहाव परिर्वतन हुने र बालापुर सिचाई योजना समेत खतरामा पर्ने तथा ६४ विगाह खेतीयोग्य जमिनको सिचाई प्रभावित हुने भु तथा पर्यावरण संरक्षण समितीका शिव पौडेलले बताए ।

सर्वोच्च अदालतले समेत कपिलवस्तुका सम्पूर्ण खोलानालामा नदीजन्य पदार्थ निकासीमा रोक्न अन्तरिम आदेश जारी गरेपनि जिविसले त्यसको उलङ्घन गरेको पौडेलको भनाई छ । भु तथा वातावरण संरक्षण समितिले नदिजन्य पद्धार्थको निकाशीले गर्दा वातावरणा असन्तुलन ल्याएको, नदीको मुहान सुक्न थालेको, प्रकृतिक स्रोत र साधनको उच्च दोहन भएको भन्दै सर्बोच्चमा बैसाख ७ गते रिट दिएका थिए । रिट उपर सुनुवाई गर्दै सर्बोच्चले अर्को आदेश नहुन्जेल सम्मको लागि नदिजन्ष्य पद्धार्थको निकासीमा रोक लगाएको छ । तर जिल्ला विकास समितिले अफैले बिना टेण्डर १ लाख २५ हजार घन मिटर नदि जन्य पद्धार्थ निकासी थालेको छ । निकाशी नदीजन्य पद्धार्थवाट जिविस कपिलवस्तुलाई ७७ लाख १७ हजार बढी आन्तरिक आम्दानी हुने जिल्ला विकास समिति राजस्व शाखाका नासु शान्तराज आचार्यले बताए । पुलको सागैवाट निकाशी खोले पछि पुर्ब पश्चिम राजमार्ग निर्माण क्रममा वि.सं. २०३२/३३  सालमा भारतीय प्राबिधिकले दुई सय ३० मिटर लामो छ ।

Posted by Butwalonline on 5:12 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आफैले घोषणा गरेको प्रतिबन्धित क्षेत्रबाट जिविसद्वारा नदीजन्य पदार्थ निकासी"

Leave a reply