गण्डक नदीको बांध फुट्ने खतरा बढ्दै गर्दा स्थानीयबासीहरु घर छाडेर सुरक्षित स्थानतर्फ
बुटवल,५ असोज-गण्डक नदीको बांध फुट्ने खतरा बढ्दै जान थालेपछि गाउं डुबानको सम्भावनाले गाउंलेहरु घर छाडेर सुरक्षित स्थानतर्फ लाग्न थालेका छन् ।नवलपरासीको नर्सही गाविसको वडा नं. ४ र ६ नम्बर वडाका बासिन्दाहरु गाउं छाडेर सुरक्षित स्थानतर्फ लाग्न थालेका हुन् ।
स्थानीय बासिन्दाका अनुसार नदीको बांध फुट्ने खतरा बढ्दै गएकोले गाउंलेहरु सरसमान बोकेर कोही आफन्तको घरमा, कोही पाटी पौवामा त कोही होटलहरुमा सरेका छन् ।जिल्ला प्रशासन कार्यालय नवलपरासीले पनि उनीहरुलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न शुरु गरेको छ ।
नर्सहीको वडा नं. ४ र ६ का चार/पाच सय घर परिवार सुरक्षित स्थानतर्फ लागिसकेका छन् । त्यसैगरी यस क्षेत्रका विद्यालयहरुमा पनि पठनपाठन रोकिएको छ । नर्सहीको शहिद विष्णु पाण्डे निम्न माध्यमिक विद्यालय लगायतका विद्यालयहरुमा पठनपाठन रोकिएको छ ।गण्डक नदीको बांध फुटेको खण्डमा नवलपरासीको नर्सही, पक्लिहवा, गुठीसूर्यपुरा, गुठीप्रर्साैनी लगायतका १० बढी गाविसहरु डुबानमा पर्ने खतरा रहेको छ ।