नर्सिङ कलेजहरुले सहमति कार्यान्वयन नगरे आन्दोलन गर्ने विद्यार्थी संगठनको, चेतावनी
बुटवल,५ असोज-रुपन्देहीमा क्रियाशिल चार विद्यार्थी संगठनले सिटिइभिटबाट अनुमति लिई रुपन्देहीमा सञ्चालित नर्सिङ कलेजहरुलाई विगतमा भएको सहमति यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
एमाले निकट अनेरास्ववियु, कााग्रेस निकट नेवि संघ, मोहन वैद्य पक्षीय नेकपा–माओवादी निकट अखिल क्रान्तिकारी र मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघको आज बुटवलमा बसेको संयुक्त बैठकले सहमति कार्यान्वयन गर्न नर्सिङ कलेजहरुलाई आग्रह गरेको हो ।
बैठकले सिटिइभिटी र नेपाल नर्सिङ काउन्सीलले तोकेको मापदण्डअनुसार कलेजहरु सञ्चालन गर्न माग गर्दै नर्सिङ कलेजहरुमा लिइने शुल्क, भौतिक पुर्वाधार, शैक्षिक जनशक्ति, होस्टेल,, अस्पताल लगायतका विषयमा अनुगमन गर्न एउटा कार्यदल गठन गर्ने निर्णय गरेको छ । त्यस्तै एउटै छानामुनी सिटिइभिटी र अन्य विश्वविद्यालयका कार्यक्रमहरु चलाइरहेको पाइएकोले मापदण्ड अनुसार व्यवस्थापन गर्न आग्रह गर्दै बैठकले विगतको सहमति कार्यान्वयन नगरे संघर्षका कार्यक्रम ल्याउने निर्णय गरेको छ ।
नर्सिङ कलेजहरुले बिगतमा ३ लाख ५० हजार शुल्क लिंदै आएकोमा एमाओवादी निकट अखिल क्रान्तिकारीसाग सहमति गरी ५ लाख १५ हजार पुर्याइएको शुल्क आफूहरुका आन्दोलनका कारण ३ लाख ९६ हजार कायम भएको चार विद्यार्थी संगठनले बताएका छन् । बैठकपछि अनेरास्ववियुका जिल्ला अध्यक्ष सरोज पोखरेल, नेविसंघ रुपन्देहीका कार्यबाहक अध्यक्ष लोकनाथ अधिकारी,अखिल क्रान्तिकारीका अध्यक्ष केशरबहादुर थापा र नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष रामचन्द्र श्रेष्ठद्वारा जारी संयुक्त विज्ञप्तिमा सहमति कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी दिइएको छ ।