अन्तराष्ट्रिय शान्ती दिवस आज रुपन्देहीमा बिभिन्न कार्यक्रम गरि मनाईयो
भैरहवा असोज ५ -दिगो शान्ताीको लागी राजनैतिक स्थिरता” भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय शान्ती दिवस २०६९ आज भैरहवामा बिभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।
२१ सेप्टेम्बर लाई अन्तराष्ट्रिय शान्ती दिवसको रुपमा मनाउदै आएकोमा आज भैरहवामा पनि स्थानिय शान्ती समिति रुपन्देहीको आयोजनामा दिगो शान्ताीको लागी राजनैतिक स्थिरता बिषयक अन्तरकिृया कार्यक्रम तथा अन्तराष्ट्रिय शान्ती दिवस २०६९ मनाईएको छ । अन्तरकिृया कार्यक्रममा बोल्ने वक्ताहरुले राजनैतिक दलहरु निकासको लागी सहमति नभई सहमतिको लागी सहमति गर्ने गरेकोले राजनैतिक स्थिरता कायम हुन नसकेको बताउदै शान्तीका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी भएको जिल्ला रुपन्देहीमा कम्तीमा जिल्ला तहका नेताहरु राजनैतिक स्थिरताको लागी पहल गर्नु पर्ने कुरामा जोड दिएका छन ।
भैरहवाको बुद्धचोक बाट शुरु भएको रैली नारायण पथ, आवा रोड, नयाा सडक हुदै लुम्बिनी निर्माण ब्यावसायी संघको सभाहलमा पुगी अन्तरकिृया कार्यक्रम गरि सम्पन्न भएको हो । स्थानिय शान्ती समिति रुपन्देहीका अध्यक्ष महेन्द्र यादवको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी हरिकृण्ण पौडेलको प्रमुख आतिथ्यतामा तथा प्रहरी उपरिक्षक हरि बहादुर पालको बिशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सञ्जय गुप्ताले गर्नु भयो ।