|

व्यङ्गयात्मक गीत

यो नेपाली दिंउसो राती लोड सेडिङमा चम्किन्छ,
मैन बत्ति बाली—बाली पढ्न लेख्न तम्सिन्छ ।

जति थपियोस् संविधानको म्याद यो नेपाली थाक्दैन,
भ्रस्टाचारै गर्छ बरु नियम कानुन मान्दैन ।

पायो भने कुर्सिमा बस्न गर्मी जाडो भन्दैन,
झाडा बान्ता गर्छ बरु अरुले खाओस् भन्दैन ।

यो नेपाली दिंउसो राती लोड सेडिङमा चम्किन्छ,
मैन बत्ति बाली—बाली पढ्न लेख्न तम्सिन्छ ।


शब्द रचना :मिना भट्टराई पाल्पा

Posted by Butwalonline on 10:14 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "व्यङ्गयात्मक गीत"

Leave a reply