|

भैरहवामा शिक्षक लाईसेन्समा आवेदन दिनेहरुको घुईचो


विनोद परियार ,रुपन्देही,२२ पुस ।  शिक्षक सेवा आयोगले खुल्ला गरेको निमावि र माविको स्थायि अनुमति पत्रको परिक्षाको लागि दरखास्त दिनेहरुको घुईचो लागेको छ ।
शिक्षा शास्त्रमा अध्ययनरत विद्यार्थीहरुले अनिवार्यरुपमा अध्यापन अनुमति पत्र (लाईसेन्स) परिक्षा पास गर्नुपर्ने प्रावधान अनुसार शिक्षक सेवा आयोगले परिक्षा आह्वान गरेको हो ।

परिक्षाका लागि आवेदन आह्वान गरेसंगै जिल्ला शिक्षा कार्यालय रुपन्देहीमा दरखास्त दिनेहरको दिनहुजसो भिड लाग्ने गरेको छ ।
शिक्षा कार्यालयका अनुसार अहिलेसम्ममा माध्यमिक तहमा ७ सय १८ जनाले प्रवेशपत्र समेत पाईसकेको र ३० जनाको ट्रान्सक्रिप्ट नभईकन दर्ता गरिएको छ । त्यस्तै निमाविमा २ हजार ४० जनाले परिक्षाका लागि दरखास्त दिएका छन् । यीनीहरुले पनि प्रवेशपत्र  प्राप्त  गरिसकेका छन् । त्यस्तै मावि र निमाविका लागि ट्रान्सक्रिप्ट नभईकन २ सय ६४ को दर्ता गरिएको जिल्ला शिक्षा कार्यालयको दर्ता शाखाले जनाएको छ ।

रुपन्देहीमा अध्यापन अनुमति पत्रको लागि दरखास्त दिनेहरुको दिनहुँ घुईचो लाग्ने गरेको छ । विहिबार बन्दमा पनि करिब दुई सयले दरखास्त दिएको शिक्षा कार्यालयले जनाएको छ ।

परिक्षाका लागि २४ पुससम्म दरखास्त दर्ता गर्न सकिन्छ । भने दोब्बर दस्तुर तिरेर माघ २ गतेसम्म दरखास्त दिन पाईने छ । माध्यमिक तहका लागि ७ सय र निम्न माध्यमिक तहको अनुमति पत्रको लागि ४ सय रुपैयाँ दस्तुर लाग्दछ । पछिल्लो समयमा हरेक क्षेत्रमा बेरोजगारी बढेपछि शिक्षक अध्यापन अनुमति पत्रको परिक्षामा सामेल हुनेहरुको संख्या बढ्दै गएको हो ।

Posted by Butwalonline on 10:23 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भैरहवामा शिक्षक लाईसेन्समा आवेदन दिनेहरुको घुईचो"

Leave a reply