जगदीशपुर तालको बिकासका लागि मञ्च गठन
कपिलवस्तु, ५ असोज,विश्व सीमसार क्षेत्रमा सुचीकृत कपिलवस्तुको जगदीशपुर तालको एकीकृतरुपमा बिकास गर्नका लागि स्थानीय बिकास अधिकारी रामप्रसाद पाण्डेको् अध्यक्षतमा ११ सदस्यीय जगदीशपुर जलासय बहुसरोकार मञ्च गठन गरिएको छ । निगिल्हवा गाबिसको जगदीशपुरमा भएको भेलाले स्थानीइ बिकास अधिकारी पदने अध्यक्ष रहने गरी सो समिति निर्माण गरिएको हो ।
समितिको सचिवमा वन कार्यालयका प्रमुख कृष्ण प्रसाद पोख्रेल तथा पत्रकार महासंघ सहीत नौ वटा स्थानीय संघ संस्था सदस्य रहेका छन् । सीमसारको संरक्षण, पर्यटकीय बिकास र प्रबद्र्धनका लागि यो समितिले एकीकृतरुपमा कार्य गर्ने सचिव पोख्रलले जानकारी दिए । एक सय ५७ हेक्टरमा फैलिएको तालमा बिभिन्न प्रजातिका चराचुरुङ्गी, जीवजन्तुहरु पाईन्छन् ।
