रुपन्देही व्यापार संघको ११ औं साधारणसभा शनिवार बुटवलमा हुने
लक्ष्मण पोखरेल,बुटवल, असोज ५ - रुपन्देही व्यापार संघको ११ औं साधारणसभा शनिवार बुटवलमा हुने भएको छ । साधारणसभाको अर्थ मन्त्री बर्षमान पुनले उद्घाटन गर्नुहुने भएको छ ।
साधारणसभाका लागि सम्पुर्ण तयारीहरु पुरा भएको रुपन्देही ब्यापार संघका महासचिव यमलाल लोहनीले जानकारी गराउनुभएको छ ।संघको सचिबालयमा बिहान ११ बजे उद्घाटन हुने साधारणसभामा अर्थमन्त्री पुन सहित बाणिज्य बिभागका महानिर्देशक नारायण प्रसाद बिडारी लगायत आउने कार्यक्रम रहेको संघका अध्यक्ष टंकप्रसाद पोखरेलले जानकारी गराउनुभएको छ । कार्यक्रमका लागि मन्त्री पुन शुक्रवारनै बुटवल आइपुग्नु हुने र शनिवार बिहान आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालयको समेत निरिक्षण गरि कर्मचारीहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।
यस्तै साधारणसभाका सम्पन्न गर्नका लागि गठित उपसमितिहरुले आ–आफ्ना कामहरु सम्पन्न गरिसकेको संघले जनाको छ ।
साधारणसभामा संघको १ बर्षको प्रगति तथा आगामी कार्ययोजना, आर्थिक प्रतिवेदन प्रस्तुत गरि सदस्य ब्यवसायिबीच छलफल गरि अनुमोदन गरिने कार्यक्रम रहेको छ । संघमा यस क्षेत्रका शहरी तथा ग्रामिण क्षेत्रका झण्डै ३ हजार ब्यवसायी सदस्य रहेका छन् ।