|

दलीत महिलाहरुको अगुवाईमा बिद्यालय भवन निर्माण शुरु


किरणमान बज्राचार्य,कपिलवस्तु, ५ असोज-कपिलवस्तुको पर्सोहिया गाबिस– ७ अम्लोनाहा गााउमा दलीत मिलाहरुको अगुवाईमा बिद्यालय भवन निर्माण शुरु भएको छ । उनीहरुको श्रमदान तथा गरिबी निवारण कोषको सहयोगमा गााउमा रहेको जन सेवा प्राबिको नयाा भवन निर्माण शुरु भएको हो ।

स्थानीय साझेदरी संस्था किड्सको पहलमा उनीहरुको श्रमदान र कोषको संयुक्त लगानी गरी कुल ३० लाख रुपैयाको लागतमा भवन निर्माण  शुरु गरिएको छ  । पशुपति नाथ बिद्यालय ब्यवस्थापन भवन निर्माण समिति मार्फत भवनको काम पहिलो चरणमा शुरु भएको हो । स्थानीय सामुदायिक संस्थाहरु पशुपतिनाथ, सरस्वती र मद्दतका दलीत मिलाहरुको भवन निर्माणमा श्रमदान र निग्रानी गरीरहेको निर्माण समितिकी अध्यक्ष जल्ला पासीले बताईन ।

३० लाख ३०हजार बढीको लागतमा निर्माणाधीन बिद्यालय ३ कोठाको हुनेछ । २४ लाख ३० हजार बढी गरिबी निवारण कोष तथा करिब ६ लाख स्थानियको श्रमदानमा निर्माण गरिने कोषाध्यक्ष चन्दा रैदासको भनाई छ । बिद्यालयको कक्षा कोठा कम र बिद्यार्थीको संख्या बढी भए पछि जनसेवा प्राथमिक बिद्यालयलाई लक्षित गरेर बिद्यालय भवनको निर्माण थालिएको गरिबी निवाणकोषका संजय कुमार झाले बताउनु भयो । कक्षा चार सम्म पढाई हुने सो बिद्यालयमा दुई सय ५० बढी बिद्यार्थी रहे पनि कक्षा कोठाको अभावले बिद्यार्थीलाई चौरमा पढाईने गरिएको छ । भवन अभावले गर्दै नै कक्षा पााचको अनुमति लिए पनि पढाई भने हुन नसकेको शिक्षकहरुले गुनासो गरे ।

उता बिद्यालय भवन निर्माणमा गाबिस र स्थानीय राजनीतक दल तथा शिक्षा कार्यालयले कुनै चासो नदेखाएको निर्माण समितिले बताएको छ । भवन निर्माणको अनुमति समेत दिन गाबिस सचिव अयोध्या प्रसाद हरिजनले आनाकानी गरेको गााउलेहरुले गुनासो गरे । सचिवले भवन निर्माणको न अनुमति न लगानी गर्न कुनै चासा ेदेखाए उनीहरुले भने । उता सचिव उपाध्यायले आफुलाई भवन निर्मााण बारेमा निर्माण समितिले कुनै जानकारी नगराएको दाबी गरे ।

Posted by Butwalonline on 4:09 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दलीत महिलाहरुको अगुवाईमा बिद्यालय भवन निर्माण शुरु"

Leave a reply